कृष्ण कार्कीको अलराउन्ड प्रदर्शनमा शिवशक्तिको जित : शशिकान्त – शकुन्तला टि-२० क्रिकेट

२०७४ चैत्र २, शुक्रबार २१:४३

Krishna Karki

फोटो फिचर : कृष्ण कार्की (शिवशक्ति क्रिकेट क्लब) फाइल फोटो 

  • विकेटनेपाल – २ चैत्र, शुक्रवार

रुपन्देहीमा जारी जिल्ला स्तरीय शशिकान्त – शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि-२० क्रिकेट प्रतियोगितामा शुक्रवारको खेलमा ज्ञानोदय क्रिकेट क्लब र शिवशक्ति क्रिकेट क्लबले जित दर्ता गरेका छन्।

सिदार्थ रंगशालामा भएको पहिलो खेलमा ज्ञानोदयले बुम एमसिसी क्रिकेट क्लब भैरहवामाथि ३ विकेटको जित निकाल्यो। जितका लागि बुमले दिएको १०७ रनको लक्ष्य ज्ञानोदयले ७ विकेटको क्षतिमा पुरा गर्यो। उसको चेजमा म्यान अफ दि म्याच मनिष पौडेलले ३४ र ऋतिक पुनले १९ रन बनाए। बमको बलिङमा अजय लोनिया र बादल छन्त्यालले समान २-२ विकेट लिएपनि जित दिलाउन विफल रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बुमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रनको योगफल बनाएको थियो। उसको इनिंगमा बादल छन्त्यालले ४५, राहुल शर्माले २४, मन्जुल न्यौपानेले अविजित २२ रन बनाएका थिए। बुमलाई सस्तैमा रोक्न बलिङमा ज्ञानोदयका निशान शर्माले २ तथा जितेन्द्र शाहनी र निशान्त पुरीले समान १-१ विकेट चट्काएका थिए।

दिनको दोस्रो खेलमा शिवशक्ति क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लब भैरहवामाथि ३ रनको रोमान्चक जित निकाल्यो। टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। उसको इनिंगमा म्यान अफ दि म्याच कृष्ण कार्कीले ४३, यम क्षेत्रीले अविजित २४ तथा अनिल क्षेत्रीले २१ रन बनाएका थिए। बलिङमा बुद्धका रुपेश कुर्मीले ३ तथा रिजन प्रजूले २ विकेट हात पारेका थिए।

कृष्ण कार्की

जवाफमा १२६ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको बुद्धले ७ विकेटको क्षतिमा १२२ रन मात्रै बनाउन सक्यो। बुद्धको ब्याटिंगमा जमाल अहम्मदले २२, रिजन प्रजूले २४, संदीप शाहनी र रुपेश कुर्मीले समान २०-२० रन बनाए पनि जित निकाल्न विफल रहे। बलिङमा शिवशक्तिका कृष्ण कार्की, विष्णु कटरिया र मनोज सुनारले समान २-२ विकेट चट्काए।

शनिबारहुने पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवाको सामना गर्नेछ भने दोस्रो खेल शंकरनगर क्रिकेट क्लब शंकरनगर तथा शिवशक्ति क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने खेल संयोजक बसन्त शाहीले बताए।

प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्ने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy