कुशल भुर्तेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी , बनाए ६ ठुला किर्तिमान

त्रिकोणात्मक सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ब्याट्सम्यान कुशल भुर्तेल सिरिजकै उत्कृस्ट खेलाडी चुनिएका छन्।

सिरिजको ५ खेलमा दायाँ हाते ओपनिंग ब्याट्सम्यान कुशलले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २७८ रन बनाए। सिरिजमा उनले २४ चौका र १६ छक्का प्रहार गरे भने उनको स्ट्राइक रेट १४०.४० रह्यो।

कुशलले फाइनलमा नेदरल्याण्ड बिरुद्ध नेपालको लागि सर्वाधिक ७७ रन बनाए जुन क्रमअ ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। उनले समुह चरणमा नेदरल्याण्ड बिरुद्ध पहिलो खेलमा ६२ रन, मलेसिया बिरुद्ध दोश्रो खेलमा अविजित ६१ रन, तेश्रो खेलमा नेदरल्याण्ड बिरुद्ध ६२ रन, चौथो खेलमा मलेसियासंग १६ रन बनाएका थिए।

प्लेयर अफ द सिरिज अवार्डसंगै कुशलले २०० सिसिको पल्सर मोटरसाइकल पनि प्राप्त गरे।

सिरिजमा कुशल भुर्तेलले बनाएका किर्तिमानहरु 

१. साझेदारीको विश्वकिर्तिमान 

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै डेब्यु गरेपछि लगातार दुई खेलमा शतकीय साझेदारीको रेकर्ड कुशल भुर्तेलले आसिफ शेखसंग मिलेर बनाए। कुशल र आसिफले पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध ११६ रनको तथा दोश्रो खेलमा मलेसियासंग १०२ रनको साझेदारी गरेका थिए।

२. लगातार अर्धशतकको विश्वकिर्तिमान

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल पछि लगातार ३ वटा अर्धशतक बनाउने कुशल विश्वकै पहिलो क्रिकेटर बन्न पुगे। कुशलले डेब्युमा नेदरल्याण्ड बिरुद्ध डेब्युमा ६२ रन, मलेसिया बिरुद्ध दोश्रो खेलमा अविजित ६१ रन, तेश्रो खेलमा नेदरल्याण्ड बिरुद्ध ६२ रन बनाए। चौथो खेलमा भने मलेसियासंग १६ रनमा आउट हुँदा उनि लगातार चौथो अर्धशतक बनाउन चुके।

३. एकै सिरिज/प्रतियोगितामा सर्वाधिक रनकर्ता

सिरिजमा कुल २७८ रन बनाएका कुशल नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै सिरिज या प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन्। यस अघि यो रेकर्ड ज्ञानेन्द्र मल्लको नाममा थियो जसले २०१९ साग क्रिकेटमा ३ खेलमा १४८ रन बनएका थिए।

Kushal Bhurtel

४. सर्वाधिक अर्धशतक बनाउने नेपाली खेलाडी 

सिरिजमा ४ वटा अर्धशतक बनाएका कुशल संयुक्तरुपमा नेपालको धेरै अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। पारस खड्काले पनि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ वटा अर्धशतक बनाएका छन्। पारस र कुशल पछि धेरै अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बिनोद भण्डारी हुन् जसले २ वटा अर्धशतक बनाएका छन्। ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सन्दिप जोरा, सुबास खकुरेल, कुशल मल्ल र दिपेन्द्र ऐरीले समान एक अर्धशतक बनाएका छन्।

५. सर्वाधिक औशत 

कुशल टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक औशत भएका खेलाडी हुन्। कुशलको औशत ६९.५० रहेको छ। कुशल पछि धेरै औशत आसिफ शेखको ३८.५० रहेको छ भने कुशल मल्लको तेश्रो धेरै २९.८ रहेको छ। चौथो धेरै पारस खड्काको २७.५५ र पाँचौ धेरै दिपेन्द्र ऐरीको २६.५ रहेको छ।

६. पहिलो सिरिजमै प्लेयर अफ द सिरिज 

कुशल डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज हुने दोश्रो नेपाली खेलाडी बनेका छन्। यस अघि २०१९ मा अविनाश बोहराले युएई बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेको सिरिजमा प्लेयर अफ द सिरिज अवार्ड जितेका थिए।

यो पनि पढ्नुस 

इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

विश्वरेकर्ड बनाउन चुकेपछि करनले भने “हान्छु भनेको थिए तर बल राम्रो पर्यो।”

पन्जाबलाई गौतम गम्भीरको सुझाव, गेललाई ओपनिंग गराउनु पर्छ





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]