पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्।

उनी प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। बायाँ हाते स्पिनर ललितले ४० खेलमा १०३ विकेट लिएका हुन्।

उनले पीएम कप २०८१ मा कर्णाली प्रदेशसँगको खेलमा ६ विकेट लिँदै आफ्नो १०० विकेटको कोशेढुंगा पूरा गरेका हुन्। उनले यस प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिएका छन्। उनले ८ खेलमा पाँचभन्दा माथि विकेट लिएका छन्।

उनलाई पछ्याउँदै आर्मीका साहब आलम पनि ४६ खेलमा ९९ विकेट लिएका छन्। पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सुदूरपश्चिम प्रदेशका शेर मल्ल तेस्रो स्थानमा रहेका छन्। उनले ६९ विकेट लिएका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy