घाइते क्रिकेटर भण्डारीको अवस्थामा सामान्य सुधार, थप उपचारको लागि कोहलपुर लगिदै

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर ललित सिंह भण्डारीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ। उनलाई राति १२:३० बजे धनगढी निसर्ग अस्पतालबाट कोहलपुर मेडिकल कलेज लागिएको हो जहाँ पुग्न ३ घण्टा समय लाग्नेछ।

नेपाल क्रिकेट संघका पूर्व सदस्य तथा अछाम क्रिकेट संघका उपाध्यक्ष धिरेन्द्र सावदले विकेटनेपाललाई जानकारी गराएका अनुसार उनको अवस्थामा सामान्य सुधार आएको छ। भण्डारीको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ। निसर्ग अस्पतालमा उनको टाउकोको चोटको सिटि स्क्यान सम्भव नहुँदा उनलाई नेपालगंज रेफर गरिएको सावदले बताएका छन्। नेपालगंजमा उपचार सम्भव नभएको खण्डमा हेलिकप्टरबाट काठमाडौँ लैजाने सावदले जानकारी गराएका छन्।

“उनको अवस्थामा सामान्य सुधार आएको छ। मलाई चिनेर उनले नमस्ते दाई भन्यो जुन सकरात्मक कुरा हो। कोहलपुर लैजादै छौँ जहाँ पुगेपछि उनको अवस्था हेरेर काठमाडौँ हेलिकप्टरमा लैजाने समेत पहल गरिरहेका छौँ।” सावदले बताए।

दुर्घटनामा घाइते भएका भण्डारीका भाइ नाता पर्ने करन ठगुन्नाको भने अवस्था सामान्य रहेको छ। मोटरसाइकल ललितले चलाएका थिए र करन पछाडी बसेका थिए।

कंचनपुरको झलारी बजारमा भएको दुर्घटनामा भण्डारी चढेको मोटरसाइकल ट्रकसंग ठोकिएको थियो। धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र भण्डारी चढेको म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो। घटना पछि ट्रक चालक फरार रहेका छन्। ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको छ।

२०१७ विश्व क्रिकेट लिग च्याम्पीयनसिपमा अमेरिका बिरुद्ध डेब्यु गरेका भण्डारीले २०१८ मा नेपालको लागि नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितमा २ विकेट लिएका थिए।

Lalit Singh Bhandari

त्यस अघि बायाँ हाते फास्ट बलरले २०१३ मा नेपाली यु-१९ राष्ट्रिय टिमको लागि डेब्यु गरेका थिए। यु-१९ डेब्युमा उनले पाकिस्तान बिरुद्ध २ विकेट लिएका थिए भने प्रतियोगितामा ३ खेलमा ५ विकेट लिएका थिए। २०१८ अक्टोबरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया बि ) प्रतियोगिता नेपालले जित्दा अन्तिम पटक राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका भण्डारी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन्। पछिल्लो पटक उनले इनरुवामा आयोजित एमएम कप एकदिवसीय प्रतियोगिता खेलेका थिए।

थप समाचारहरु :-

ललितको अवस्था खतरामुक्त

फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित

आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]