प्रत्यक्ष अपडेट : सगरमाथा सिमेन्ट धनगढी प्रिमीयर लिग पत्रकार सम्मेलन

sagarmatha cement dhangadhi premier league captains

स्वागत छ सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग टिम घोषणा कार्यक्रमको प्रत्यक्ष अपडेटमा l

  • नयाँ अपडेटको लागि पेज रिफ्रेश गर्नुहोला 

# सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग चैत्र ५ गते देखि १९ गते सम्म धनगढीमा संचालन हुनेछ l

#प्रतियोगिताको कप्तानहरुको टुंगो गोलाप्रथा मार्फत गरिएको हो l

देशभरका ६ शहर बाट टिम छनौट गरिएको छ l

प्रतियोगितामा सहभागी हुने टिम र कप्तानहरु यस्ता छन् :- 

१. सीवाईसी अत्तरिया | कप्तान – ज्ञानेन्द्र मल्ल | मालिक : शिर्जनशिल युवा क्लब ( अध्यक्ष नरबहादुर राई )
२. बिराटनगर किंग्स |  कप्तान – शरद भेसावकर | मालिक : महालक्ष्मी केवल ( पारस लुनियाँ ) र प्रफुल्ल बैद्य
३. काठमाडौँ गोल्डेन्स | कप्तान – बसन्त रेग्मी | मालिक : गोल्डेनगेट इन्टरनेसनल कलेज ( रमेश शिलवाल )
४. रुपन्देही च्यालेन्जर्स | कप्तान – शक्ति गौचन | मालिक : एसआर ग्रुप ( सुरज उप्रेती )
५. कंचनपुर आइकोनिक |कप्तान – बिनोद भण्डारी | मालिक : पिताम्बर जोशी , सह-मालिक – अशोक पाण्डे, धिरज बोहरा, डा. नेत्रराज चटौत, लक्ष्मी पाण्डे
६. टिम चौराहा धनगढी | कप्तान – पारस खड्का | मालिक : राजकुमार श्रेष्ठ , सह मालिक – सुर्य गुरुङ, शाहनवाज आलम, गगन केसी , पुस्कर ओझा

पुरा लिस्ट हेर्न यहाँ क्लिक गर्नुस 

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अक्सनमा आधारित हुनेछ l प्रतियोगिता खेल्न कुल २ सय १७ खेलाडीले नाम दर्ता गराएका छन् l उनि हरुलाई चार समूहमा बिभाजन गरेर अक्सनमा सहभागी गरिनेछ l

#अक्सन पुष २३ गते संचालन गरिनेछ l

अक्सनमा खेलाडीहरुको बिभाजन र  निम्नतम मूल्य यसप्रकार रहेको छ l 

१. वर्तमान रास्ट्रिय खेलाडी : रु. ५०,०००
२. रास्ट्रिय ( नेपालको लागि १५ भन्दा कम खेल खेलेको ) र यु-१९ बिश्वकप खेलेका खेलाडी : रु. ३०,०००
३. पुर्ब यु-१९ र बिभिन्न सुमेर समुहका खेलाडीहरु : रु. २५,०००
४. अनक्याप खेलाडी : रु. २०,०००

# प्रतियोगिताको बिजेताले रु. १५ लाख र उपविजेताले रु. ७ लाख पुरस्कार पाउनेछ l नेपाली क्रिकेटमा यो हालसम्मकै सर्बाधिक धनराशीको पुरस्कार हो l

#प्रतियोगिता टि-२० फर्म्याटमा खेलाईनेछ l लिग चरणमा सबै टिमले एकआपसमा एक-एक खेल खेल्नेछन् l शिर्ष चार टोलि प्ले-अफमा पुग्नेचन l त्यसमा पहलो र दोश्रो हुने टिमको बिजेता फाइनल पुग्नेछ l त्यसमा पराजित हुने टोलिले तेश्रो र चौथो हुने टिम संगको बिजेता संग फाइनल प्रवेशको लागि खेल्नेछ l

# प्रतियोगिताको अनुमानित लागत करिब १ करोड ६० लाख रुपैयाँ रहेको छ l

# प्रतियोगिताको खेलहरु धनगढीको एसएसपी क्रिकेट मैदानमा संचालन गरिनेछ l बैकल्पिकको रुपमा फाप्ला मैदानलाई तयार राखिनेछ l

# पहिले २ जना एउटा टिममा राख्ने भनिएपनि अब बिदेशी खेलाडीहरु प्रतियोगितामा नराखिने भएको छ l

#प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटिआर २०० अपाचे ( TVS Apache RTR 200  ) जगदम्बा मोटर्स र जेबी अटोमोटिभ्सले संयुक्त रुपमा दिने कुरा जेबी अटोमोटिभ्सका प्रबन्ध निर्देशक झपट बोहराले प्रदान गर्ने घोषणा गर्नुभयो । प्रतियोगितामा २८ लाख ५० हजार रुपैया कुल पुरस्कार हुनेछ ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]