प्रत्यक्ष अपडेट : सगरमाथा सिमेन्ट धनगढी प्रिमीयर लिग पत्रकार सम्मेलन

स्वागत छ सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग टिम घोषणा कार्यक्रमको प्रत्यक्ष अपडेटमा l

  • नयाँ अपडेटको लागि पेज रिफ्रेश गर्नुहोला 

# सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग चैत्र ५ गते देखि १९ गते सम्म धनगढीमा संचालन हुनेछ l

#प्रतियोगिताको कप्तानहरुको टुंगो गोलाप्रथा मार्फत गरिएको हो l

देशभरका ६ शहर बाट टिम छनौट गरिएको छ l

प्रतियोगितामा सहभागी हुने टिम र कप्तानहरु यस्ता छन् :- 

१. सीवाईसी अत्तरिया | कप्तान – ज्ञानेन्द्र मल्ल | मालिक : शिर्जनशिल युवा क्लब ( अध्यक्ष नरबहादुर राई )
२. बिराटनगर किंग्स |  कप्तान – शरद भेसावकर | मालिक : महालक्ष्मी केवल ( पारस लुनियाँ ) र प्रफुल्ल बैद्य
३. काठमाडौँ गोल्डेन्स | कप्तान – बसन्त रेग्मी | मालिक : गोल्डेनगेट इन्टरनेसनल कलेज ( रमेश शिलवाल )
४. रुपन्देही च्यालेन्जर्स | कप्तान – शक्ति गौचन | मालिक : एसआर ग्रुप ( सुरज उप्रेती )
५. कंचनपुर आइकोनिक |कप्तान – बिनोद भण्डारी | मालिक : पिताम्बर जोशी , सह-मालिक – अशोक पाण्डे, धिरज बोहरा, डा. नेत्रराज चटौत, लक्ष्मी पाण्डे
६. टिम चौराहा धनगढी | कप्तान – पारस खड्का | मालिक : राजकुमार श्रेष्ठ , सह मालिक – सुर्य गुरुङ, शाहनवाज आलम, गगन केसी , पुस्कर ओझा

पुरा लिस्ट हेर्न यहाँ क्लिक गर्नुस 

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अक्सनमा आधारित हुनेछ l प्रतियोगिता खेल्न कुल २ सय १७ खेलाडीले नाम दर्ता गराएका छन् l उनि हरुलाई चार समूहमा बिभाजन गरेर अक्सनमा सहभागी गरिनेछ l

#अक्सन पुष २३ गते संचालन गरिनेछ l

अक्सनमा खेलाडीहरुको बिभाजन र  निम्नतम मूल्य यसप्रकार रहेको छ l 

१. वर्तमान रास्ट्रिय खेलाडी : रु. ५०,०००
२. रास्ट्रिय ( नेपालको लागि १५ भन्दा कम खेल खेलेको ) र यु-१९ बिश्वकप खेलेका खेलाडी : रु. ३०,०००
३. पुर्ब यु-१९ र बिभिन्न सुमेर समुहका खेलाडीहरु : रु. २५,०००
४. अनक्याप खेलाडी : रु. २०,०००

# प्रतियोगिताको बिजेताले रु. १५ लाख र उपविजेताले रु. ७ लाख पुरस्कार पाउनेछ l नेपाली क्रिकेटमा यो हालसम्मकै सर्बाधिक धनराशीको पुरस्कार हो l

#प्रतियोगिता टि-२० फर्म्याटमा खेलाईनेछ l लिग चरणमा सबै टिमले एकआपसमा एक-एक खेल खेल्नेछन् l शिर्ष चार टोलि प्ले-अफमा पुग्नेचन l त्यसमा पहलो र दोश्रो हुने टिमको बिजेता फाइनल पुग्नेछ l त्यसमा पराजित हुने टोलिले तेश्रो र चौथो हुने टिम संगको बिजेता संग फाइनल प्रवेशको लागि खेल्नेछ l

# प्रतियोगिताको अनुमानित लागत करिब १ करोड ६० लाख रुपैयाँ रहेको छ l

# प्रतियोगिताको खेलहरु धनगढीको एसएसपी क्रिकेट मैदानमा संचालन गरिनेछ l बैकल्पिकको रुपमा फाप्ला मैदानलाई तयार राखिनेछ l

# पहिले २ जना एउटा टिममा राख्ने भनिएपनि अब बिदेशी खेलाडीहरु प्रतियोगितामा नराखिने भएको छ l

#प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटिआर २०० अपाचे ( TVS Apache RTR 200  ) जगदम्बा मोटर्स र जेबी अटोमोटिभ्सले संयुक्त रुपमा दिने कुरा जेबी अटोमोटिभ्सका प्रबन्ध निर्देशक झपट बोहराले प्रदान गर्ने घोषणा गर्नुभयो । प्रतियोगितामा २८ लाख ५० हजार रुपैया कुल पुरस्कार हुनेछ ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy