एलपीएल सातौँ संस्करणको टिम दर्ता खुल्यो

कैलालीको धनगढीमा सञ्चालन हुँदै आएको विद्या स्तरीय अन्डर-१९ राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणका लागि टिम दर्ता खुलेको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले लिटल फ्लावर प्रिमियर लिग-७ का लागि टिम दर्ता खुला भएको जानकारी दिएको हो ।

प्रतियोगिताको सातौँ संस्करण आगामी कार्तिक तेश्रो साताबाट धनगढीमा सञ्चालन हुने छ । हालसम्म ५ वटा टिम दर्ता समेत भैसकेको भन्दै लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले भने, ‘प्रतियोगितामा सहभागी हुन चाहने टिमले यथाशीघ्र आफ्नो टिम दर्ता गर्न हुन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ ।’ सातौँ संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमलाई सहभागी गराइने शाहीले बताए । प्रत्येक टिमले ४ जना खेलाडी यु–१९ उमेर समूहका विद्यालय बाहिरका समेत राखन पाउने व्यवस्था छ । तर अन्य ११ जना खेलाडी भने सहभागी विद्यालयमा अनिवार्य रूपमा कक्षा १० सम्म अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

सातौँ संस्करणको विजातेले २ लाख ५१ हजार १ सय ५१ तथा उपविजेताले १ लाख २५ हजार १ सय २५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलले जनही १५ हजार, उदीयमान खेलाडीले ७ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलमा १ जनालाई गेम चेन्जर अवार्ड र नगद १ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]