Nepal T20 : लुम्बिनीको पहिलो हार, शेख दाजुभाईको उत्कृष्ट साझेदारीमा पोखराको जित

दोस्रो विकेटका लागि दाजु-भाइ आरिफ र आसिफले ९५ रनको साझेदारी गरेसँगै नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गरेको छ। स्कोरकार्ड 

शुक्रबार फार वेस्टर्न युनाइटेडलाई पराजित गरेको पोखराको यो सात खेलमा दोस्रो जित हो।  सुरुआती पाँच खेलमा सतप्रतिशत नतिजा निकालेको लुम्बिनी पहिलो पटक पराजित भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पोखराका लागि ६२ बलको सामना गरेका आसिफले ९ चौकासहित अविजित ७७ रनको इनिङ खेले। आरिफ ३७ बलमा २६ रन बनाएर अविजित रहे। त्यसअघि ओपनर सुमित महर्जन १३ रनमा आउट भएका थिए। लुम्बिनीका लागि किशोर महतोले एक विकेट लिँदा अन्य बलर असफल रहे।

पहिलो इनिङमा लुम्बिनीका लागि हरमित सिंहले ३८ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ विपिन खत्री र जहिर खानले तीन-तीन विकेट लिए। त्यसबाहेक आरिफ शेख, तुल थापा र सिद्धान्त लोहनीले एक-एक विकेट लिएका थिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]