लुम्बिनी खुकुरीलाई उपाधि : रुपन्देही सुपर लिग

Lumbini Khukuri Cricket Club

प्रकाश न्यौपाने
विकेटनेपाल-भैरहवा, ४ फागुन ।

लुम्बिनी खुकुरी क्रिकेट क्लबले नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ। बुधबार सम्पन्न फाइनलमा श्री शिबशक्ती क्रिकेट क्लब भैरहवालाई ५५ रनले हराउदै लुम्बिनी खुकुरीले उपाधी सहीत नगद ५० हजार रुपैया र ट्रफी हात पारेको छ । उप बिजेता श्री शिबशक्तीले भने २५ हजार रुपैया पुरस्कार प्राप्त गर्यो ।

सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर ब्याटिंग गर्दै लुम्बिनी खुकुरीले निर्धारीत ४० ओभरको खेलमा १ ओभर बाकी छदै सवै विकेट गुमाई १ सय ४८ रनको योगफल तयार गरेको थियो। कप्तान अन्तिम थापाले ४५, ईकलाख अहमदले ३५, शंकर रानाले १४ र रोहित पौडेलले १३ रनको योगदान गरे। बलिंगमा श्री शिबशक्तीका लागी बिष्णु कटरीया र दुर्गेश कुर्मीले समान ३/३ विकेट लिए l

प्रतिउत्तरमा १ सय ४९ रनको बिजयी लक्ष्य पछ्याएको शिबशक्तीले २७ ओभर ३ बलमा ९३ रनमात्र बनाउन सकेपछि ५५ रन अन्तरले हार ब्यहोर्न पुग्यो। शिबशक्तीका दुर्गेश कुर्मिले २३, दिपचन्द शर्माले २२ र कृष्ण कार्किले १५ रन बनाए। बलिंगमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ताले ४, शाहद आलमले ३, लाल बहादुर अधिकारीले २ विकेट लिएका थिए ।

खेलमा म्यान अफ द फाईनल लुम्बिनी खुकुरीका दुर्गेश गुप्ता घोषित हुदै पुरस्कृत भएका थिए। त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट खेलाडी वेस्टर्न क्रिक्रेट क्लब बुटवलका बिक्रम भुषाल घोषित भए। उनले नगद ११ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यामनमा लुम्बिनी खुकुरीका साह आलम र अन्तिम थापा घोषित हुदै जनही ५/५ हजार नगद पुरस्कार प्राप्त गरे ।

बिजेता तथा उप बिजेता टिमका खेलाडीलाई ट्रफी, नगद, प्रमाणपत्र मुख्य प्रायोजक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालयका निमित्त प्रमुख ललित कुमार दाहाल, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल लगायतले प्रदान गरेका थिए ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा सम्पन्न प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]