हंगकंगको सहज जित

nep vs hk

महिला बिश्वकप छनौट – एसिया छनौट प्रतियोगिता अन्तर्गत नेपालले हंगकंग संग पहिलो खेलमा ६ विकेटको हार बेहोरेको छ l

( स्कोरकार्ड हेर्नुस )

टस जितेर ब्याटिंग गर्दै नेपालले कमजोर ब्याटिंग प्रदर्शन गरेपछि १९.२ ओभरमा ७७ रन बनाई सम्पूर्ण विकेट गुमायो l निर्मला शाहीले  सर्बाधिक १८, रुबिना क्षेत्रीले १२, रश्मि शर्माले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् l

प्रतिउत्तरमा हंगकंगले १६.३ ओभरमा लक्ष पुरा गरेको थियो l ४ विकेट खसाल्न सकेपनि हंगकंगलाई नेपालले दोश्रो इनिंगमा दबाब दिन सकेन l हंगकंग ओपनर जे वान यीपले सर्बाधिक ३३ रन बनाईन् l यस्तै यास्मिन दस्वानीले १३ तथा मारिको हिल र शानजिन सह्जादले क्रमशः अविजित १० र ११ स्कोर गरेका थिए l

आज सुरु भएको प्रतियोगिताको पहिलो खेलमा चिनलाई थाईल्याण्डले ७५ रनको भारि अन्तरले पराजित गर्यो l

नेपालले अब दोश्रो खेलमा भोलि सोमबार थाईल्याण्डको सामना गर्नेछ l

 

प्रतियोगितामा नेपालको खेल तालिका हेर्नुस 





थप समाचार

योगेन्द्रको अलराउन्ड प्रदर्शनमा अभानीको जित

काठमाडौं । नेपाली यू-१९ टोलीबाट २०१६ मा विश्वकप खेलेका योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाको सिड्नीमा जारी अभानी प्रिमियर लिगमा […]

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]

एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार […]

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]