म्याक्सवेल र स्टेनलेकको प्रदर्शनमा अस्ट्रेलियाको सहज जित

  • विकेटनेपाल, माघ २० – शनिबार

न्युजिल्याण्ड, इंग्ल्याण्ड र आयोजक अस्ट्रेलिया सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेटको सिरिज आजदेखि अस्ट्रेलियामा सुरु भएको छ ।सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्यो।

अस्ट्रेलियाको इनिंग

सिड्नी क्रिकेट मैदानमा बर्षाले प्रभावित खेलमा अस्ट्रेलियाले डीएलएस मेथडको आधारमा १५ ओभरमा ९५ रनको लक्ष्य पाएको थियो जुन उसले मात्र ११.३ ओभरमा ३ विकेट मात्रै गुमाएर पुरा गर्यो ।

अस्ट्रेलियाको जितमा क्रिस लिन र ग्लेन म्याक्सवेलले तेस्रो विकेटको लागि ७७ रनको साझेदारी गर्दै जित तय गरेका थिए। लिनले ४४ रन बनाउनेक्रममा ३३ बलमा ६ चौका र १ छक्का तथा म्याक्सवेलले अविजित ४० रन बनाउन २४ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट लिन १४ रन खर्चिए।

न्युजिल्याण्डको इनिंग

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले २० ओभरको समाप्तीमा ९ विकेट गुमाएर ११७ रनको योगफल तयार पारेको थियो। उसका लागि कोलिन डी ग्राण्डहोमले सर्बाधिक रन प्रहार गर्ने  क्रममा अविजित ३८ रन (२४ बल, १ चौका, ३ छक्का) बनाए।

त्यस्तै रोस टेलरले २४ रन तथा टोम ब्लुन्डेलले १४ रन बनाउदा न्युजिल्याण्डले १२ अतिरिक्त रन पाएको थियो। अन्य ब्याट्सम्यानहरु दोहोरो अंक बनाउनबाट चुके।

न्युजिल्याण्डलाई सस्तैमा रोक्न एन्ड्रीउ टाईले ४ विकेट लिन २३ रन खर्चिए भने बिल्ली स्टेनलेकले ३ विकेट लिन १५ रन खर्चिए। मार्टिन गुप्टिल, कोलिन मुन्द्रो र टोम ब्रुसलाई आउट गर्दै मात्र १५ रन खर्चेका स्टेनलेक म्यान अफ द म्याच घोषित भए ।

सिरिज अन्तर्गत दोश्रो खेल फेब्रुअरी ७ तारिखमा अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]