दिपेश खत्रीको प्रदर्शनमा माछापुच्छ्रेको बिजयी सुरुवात ( एमसीएल टि-२० )

  • विकेटनेपाल, भदौ २० – मंगलबार 

पोखरामा आजदेखि सुरु भएको माछापुच्छ्रे क्रीकेट लिग टी-२० क्रिकेटको उद्घाटन खेलमा आयोजक माछापुच्छ्रे लायनले भीएम वारियर्स बाग्लुंगलाई ३४ रनले पराजित गरेको छ। जितमा कप्तान दिपेश खत्रीले उत्कृस्ट प्रदर्शन गरे ।

पहिला ब्याटिंग गरेको आयोजक माछापुच्छ्रेले सबै विकेट गुमाउदै १११ रनको योगफल तयार पार्यो । उसका लागी कप्तान दिपेश खत्रीले ४० बलको सामना गर्दै २८ रनको योगदान दिएका थिए । भीएम वारियर्सका सन्देश छन्त्यालले ३.५ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट दिलाएका थिए ।

जवाफी ब्याटिंगमा उत्रेको भीएम वारियर्स बाग्लुंगले २० ओभरमा ८ विकेट गुमाउदा जम्मा ७७ रनमात्र बनाउन सक्यो र ३४ रनको हार ब्योहोर्न बाध्य भयो । उसलाई  सस्तैमा रोक्न म्यान अफ द म्याच समेत चुनिएका खत्रीले ४ ओभरमा २ मेडन राख्दै ५ रन खर्चिएर १ विकेट हात पारे ।

प्रतियोगितामा भोलि दुई खेल हुदैछन्, पहिलो खेलमा बिहान ८:४५ बजेदेखि इन्फर्मेटिक कलेज चीताज र केकेएएफ स्यांजा च्यालेंजर्स बीच तथा दोश्रो खेल दिउसो १२:४५ बजेदेखि डाउनटाउन पोखरा लायन्स र पर्बत टाइटन्सबीच हुने छ ।

गण्डकी अन्चलका विभिन्न ६ टिमहरु सहभागी प्रतियोगिता भदौ ३१ गतेसम्म चल्ने छ । प्रतियोगिताको लागि खेलाडीहरु अक्सन प्रक्रियाद्वारा छानिएको थियो जहाँ सुदीप पौडेल सबैभन्दा महँगोमा बिक्रि भएका थिए ।

 

माछापुच्छ्रे क्रिकेट क्लब
भीएम वारियर्स बाग्लुंग

 

 

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]