भदौ २० देखि माछापुच्छ्रे क्रिकेट लिग, अक्सनमा आधारित अर्को प्रतियोगिता

  • विकेटनेपाल, भदौ १६

यही भदौ २० गते देखि ३१ गते सम्म पोखरामा माछापुच्छ्रे क्रिकेट लिग टि-२० आयोजना हुने भएको छ l

माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा हुने प्रतियोगितामा अक्सनको आधारमा खेलाडी छनौट गरिएको थियो l यस अघि साउन १६ देखि आयोजना हुने भनिएको प्रतियोगिता वर्षाको कारण सारिएको हो l

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको घोषणा गर्दै  खुकुरी इन्टरटेन्मेन्टका निर्देशक विनायक बिक्रम थापाले स्थानीय खेलाडीहरुको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएका छन् l प्रतियोगितालाई रास्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने छ भने स्पन्सर ड्रिंकले मुख्य प्रायोजन गर्नेछ l

निर्देशक थापाका अनुसार प्रतियोगिताको कुल बजेट २५ लाख रुपैयाँ रहेको छ l सहभागी टिमहरुले प्रतियोगिता अधिकतम २ लाख रुपैयाँ खर्चिने उनले जानकारी दिएका छन् l लिगको बिजेता टिमले ३ लाख र उपविजेता टोलिले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ l

६ टोली सहभागी हुने लिगको प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ पाउनेछ भने फाइनल खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ l प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २० हजार तथा बेस्ट बलर/ब्याट्सम्यानले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ l

प्रतियोगिताका सम्पूर्ण खेलहरु माछापुच्छ्रे क्रिकेट क्लब मैदान पोखरामा हुनेछ l

प्रतियोगिताको लागि खेलाडीहरुको चयन अक्सन मार्फत साउनमा गरीसकिएको छ l अक्सनमा पोखराका सुदिप पौडेल १० हजार रुपैयाँमा खरिद भएका थिए l अक्सनमा कुल १४१ खेलाडी सहभागी थिए l खेलाडीको खरिद मूल्य न्यूनतम १ हजार रुपैयाँ देखि सुरु थियो भने अधिकतम एउटा खेलाडीमा रु. २० हजारसम्म टिमले खर्च गर्न पाउने नियम थियो l

सहभागी ६ वटा टिमले अक्सनमा १४ खेलाडी खरिद गर्न ४० हजार रुपैयाँ मात्र खर्च गर्न पाउने नियम थियो l

लिग अन्तर्गत पहिलो चरणमा ६ टिमले एक-अर्कासंग प्रतिस्पर्धा गर्नेछन् l लिग चरणबाट उत्कृस्ट ४ टोलि प्लेअफ चरण प्रवेश गर्नेछन् l लिगको उत्कृस्ट २ टिम बीच खेलको बिजेता सिधा फाइनल प्रवेश गर्नेछ भने उक्त खेलमा हार्ने टिमले लिगमा तेश्रो र चौथो टिम बीच भएको खेलको बिजेतासंग दोश्रो क्वालिफायर खेल खेल्नेछ जुन खेलको बिजेता फाइनल प्रवेश गर्नेछ l

नोट ( सच्याइएको – यो भन्दा अघि भदौ २० हुनुपर्नेमा असोज २० लेखिएको थियो जुन सच्याइएको छ l )

टिम , कप्तान र मालिक 

१. माछापुच्छ्रे लायन्स  – कप्तान – दिपेश खत्री ( माछापुच्छ्रे क्रिकेट क्लब )
२. भीएम वारियर्स – कप्तान – विजय बिके ( बिनोद महर्जन )
३. डाउन टाउन लायन्स पोखरा – कप्तान – राजु गुरुङ ( लायन्स डाउन टाउन पोखरा )
४. इन्फरम्याटिक्स कलेज चिता – कप्तान – प्रविन ढकाल (  इन्फरम्याटिक्स कलेज )
५. परवान टाईटन्स – कप्तान – राजु थापा ( रेशम केसी )
६. केकेएएएफ स्यांग्जा च्यालेन्जर्स – कप्तान – शोभाकान्त ढकाल  ( खिन्लुंग कालिका एग्रो फार्म स्यांग्जा )

टिम र खेलाडीहरु 





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]