सेमीफाइनल समीकरण पुरा : माइक्रोम्याक्स स्कुल इन्डोर

  • विकेटनेपाल-१८ जेठ

नितिन मेमोरियल, उज्ज्वल शिशु निकेतन, डीएभी र ग्रिन ल एकेडेमी माईक्रोम्याक्स इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेका छन् l

भ्यागुते प्रोडक्सनद्वारा आयोजित प्रतियोगिताको सेमीफाइनलमा भोलि शुक्रबार पहिलो खेलमा १० बजे नितिन मेमोरियलले ग्रिन ल एकेडेमीको सामना गर्नेछ भने दोश्रो सेमीफाइनलमा ११ बजे डीएभीले उज्ज्वल शिशु निकेतनको सामना गर्नेछ l

भेलोसिटी एरिनामा आज भएको प्रतियोगिताको तेश्रो दिनको पहिलो खेलमा प्रिमियर इन्टरनेसनल स्कुलले बिद्या संस्कार स्कुललाई ९ रनले पराजित गर्यो l टस हारेर पहिले ब्याटिंग गरेको प्रिमियरले निर्धारित १२ ओभरमा ३ विकेट नोक्सानीमा ८१ रन बनायो जसको लागि सुनभ ध्वोज थापाले ३२ रन योगदान दिए l बिध्या संस्कार बलर अधिक कार्कीले २ विकेट हात पारे l ८२ रनको लक्ष पछ्याएको बिध्या संस्कार १० ओभरमा ७२ रनमै समेटियो l बलिंग तर्फ पनि सुनभ ध्वोज थापाले २ विकेट हात पारे जो म्यान अफ द म्याच चुनिए l

दोश्रो खेलमा उज्ज्वल शिशु निकेतनले रोमान्चक खेलमा नितिन मेमोरियललाई १ रनले पराजित गर्यो l पहिले ब्याटिंग गर्दै उज्ज्वल शिशु निकेतनले बनाएको ८० रनको जवाफमा ब्याटिंग गरेको नितिन मेमोरियलले पुरै १२ ओभर ब्याटिंग गर्दै ७९ रन मात्रै बनाउन सक्यो l उज्ज्वलको लागि ब्याटिंग तर्फ कृष् अधिकारीले २६ रन योगदान दिए भने बलिंग तर्फ म्यान अफ द म्याच चुनिएका आदित्य थापाले ३ विकेट हात पारेका थिए l नितिन मेमोरियल बलर कृष्ण खड्का र रोशन जिम्बाले २/२ विकेट हात पारे भने ब्याटिंग तर्फ कृष्ण खड्काले २० रन योगदान दिए l

 

तेश्रो खेलमा डीएभीले मेरिडीएनलाई २ रनले पराजित गर्यो l टस जितेर ब्याटिंग गरेको डीएभीले निर्धारित १२ ओभरमा ३ विकेट नोक्सानीमा ९१ रन बनायो जसको लागि रौनक गोयलले ३३ तथा समान श्रेष्ठले २८ रन योगदान दिएका थिए l इरफान खानले ३ छक्का र ४ चौका मदतले ४६ रन बनाएपछि मेरिडीएन २ रनले पराजित हुन पुग्यो l शिखर बोथ्राले ४ विकेट हात पार्दै डीएभीको जितमा महत्वपूर्ण योगदान दिए जो म्यान अफ द म्याच चुनिए l

आजको अन्तिम खेलमा उज्ज्वल शिशु निकेतनलाई बिध्या संस्कार स्कुलले ४ रनले पराजित गर्यो l टस हारेर ब्याटिंग गरेको बिद्या संस्कारले दिएको ७५ रन लक्ष पछ्याएको उज्ज्वल शिशु निकेतनले ७० रन मात्रै बनाउन सक्यो l बिध्या संस्कारको लागि सुभम गौतमले ३१ योगदान दिए भने १७ रन तथा १ विकेट लिएका सुभम बिस्ट म्यान अफ द म्याच चुनिए l

प्रतियोगिताको फाइनल खेल भोलि दिउसो १ बजे खेलिनेछ l जेठ १६ गते बाट सुरु भएको प्रतियोगितामा ८ टोलि सहभागी थिए l





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]