नबिन थापाको उत्कृस्ट बलिंगमा कमर्स क्याम्पसको सहज जित – स्पन्सर युनिभर्सिटी क्रिकेट कप

nabin thapa
  • विकेटनेपाल- २५ चैत 

स्पन्सर युनिभर्सिटी क्रिकेट कप प्रतियोगिताको तेश्रो दिनको खेल जित्दै शंकर देब क्याम्पस र नेपाल कमर्स क्याम्पस क्वार्टरफाइनल प्रवेश गरेका छन् l

टियु मैदानमा सम्पन्न बिहिबारको पहिलो खेलमा शंकर देब क्याम्पसले टस जितेर पहिले ब्याटिंग गर्दै बनाएको १६३/७ को जवाफमा सेन्ट लरेन्स कलेजले ११४ रनमै सबै विकेट गुमाई ४९ रनको हार बेहोर्यो l

शंकर देबको लागि ब्याटिंग तर्फ आयुष्मन बमले सर्बाधिक ६१ रन बनाए जो खेलको म्यान अफ द म्याच चुनिए l यस्तै सोमेस यादबले ३५ तथा अरुण ऐरी र रबिन चन्दले १६-१६ रन बनाए l सेन्ट लरेन्सका इशान सिंग बानियाले ३ विकेट लिए l सेन्ट लरेन्सको लागि अमित श्रेष्ठले सर्बाधिक ३२ रन बनाए l शंकर देबका बलर आशिष पोख्रेल, लोकेन्द्र धामी, बिनोद भट्टराई र प्रकास बिस्टले २-२ विकेट हात पारे l

यस्तै बिहिबारको दोश्रो खेलमा नेपाल कमर्सले कसमस कलेज अफ म्यानेजमेन्टलाई ८ विकेटले पराजित गर्यो l

टस जितेर कसमसले ब्याटिंग गर्दै १४.४ ओभरमा ६७ रनमै सबै विकेट गुमाएपछि ६८ रनको लक्ष नेपाल कमर्सले ६.३ ओभरमै भेटायो l कसमसलाई सस्तोमा समेट्न कमर्सका बलर नबिन थापाले ६ विकेट ( ४-१-१५-६ ) हात परेका थिए l ओपनर प्रकास बिस्टले ३४ र हिमांशु दत्ताले अविजित २१ रन बनाउदै कमर्स क्याम्पसलाई सहज जित दिलाएका थिए l

नबिन थापा म्यान अफ द म्याच घोषित भए l

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]