रष्ट्रिय टिममा मौका पहिलो पटक मौका पाएपछि नन्दन् भन्छन् – “यो ठाउँ सजिलै छोड्नु छैन”

नेपाली राष्ट्रिय क्रिकेट टिमको आगामी नामिबिया भ्रमणको लागि घोषित १४ सदस्यीय टिममा दायाँ हाते फास्ट बलर नन्दन यादवले पहिलो पटक मौका पाएका छन् । सन् २०१६ मा पहिलो पटक नेपाली अन्डर-१९ राष्ट्रिय टिमको लागि डेब्यु गरेका यादवले घरेलु क्रिकेटमा नियमित राम्रो प्रदर्शन गर्दै ६ वर्षमा राष्ट्रिय टिमसम्मको यात्रा गरेका हुन् ।

राष्ट्रिय टिममा मौका पाएपछि विकेटनेपालसंग छोटो कुराकानीमा यादवले राष्ट्रिय टिममा पर्नु आफ्नो लागि अप्रत्यासित खबर भएको बताएका छन्-

“अचानक खबर आयो जसको मैले कुनै अपेक्षानै गरेको थिईन ।”

उनले टिममा परेको खबर पाएपछिको अनुभव वयाननै गर्न नसक्ने अनौठो अनुभव भएको बताए – “कस्तो महसुस गरेको भन्नेनै बताउन सकीरहेको छैन । अचानक पहिलो पटक यो खबर सुन्दा शरीर कामेको छ, अर्कै महसुस हुने रहेछ ।”

उनले लामो समयमा पाएको अवसरलाई खेर जान नदिने बताए-

“धेरै भयो, यो अन्तरालमा अन्य साथीहरुले राष्ट्रिय टिमको लागि खेली सकेका छन् । ढिलै भएता पनि मौका आएको छ त्यसैले मैले आफुलाई प्रमाणित गरेर देखाउनु छ । यो अवसरलाई सहजै जान दिने छैन । मलाई यो ठाउँ सजिलै छोड्नु छैन त्यसैले राम्रो गरेर नेपाललाई जिताउने सपना छ ।”

उनले गत साता सम्पन्न प्रधानमन्त्री कपमा डेंगु भएका कारण शत प्रतिशत फिट नभएको पनि खेलेको जसकारण प्रदर्शन राम्रो हुन नसकेको बताए –

“डेंगु लागेर बसेको पाँच दिन भएको थियो त्यसैले प्रधानमन्त्री कप खेलौं नखेलौ भएको थियो । तर फेरी नखेल्दा कसैले नोटिस नगर्लान् भन्ने सोच आयो । त्यसैले मैले राम्रो बलिंग गर्न सकिन।” प्रतियोगितामा बागमती प्रदेशको लागि खेलेका यादवले ४ खेलमा ६ विकेट लिएका थिए ।

Nandan Yadav
२०१६ को एभरेष्ट प्रिमियर लिगमा नन्दनले कलर्स एक्स फ्याक्टर्सको प्रतिनिधित्व गरेका थिए

यादव तिब्र गति बलिंग र तल्लो क्रममा आक्रामक ब्याटिंगको लागि परिचित छन्। गत वर्ष एभरेष्ट प्रिमियर लिगमा निकै राम्रो प्रदर्शन गरेका यादवले पोखरा राइनोजको प्रतिनिधित्व गर्ने क्रममा ७ इनिंग्समा बलिंग गर्दै ९ विकेट लिंदै चौंथो सर्वाधिक विकेटकर्ता थिए । यस्तै गत वर्ष काठमाडौँ मेयर कपमा उनले उत्कृस्ट अलराउण्ड प्रदर्शन गर्दै सबैको मन जितेका थिए । उक्त प्रतियोगितामा बागमती प्रदेशको लागि खेल्दै यादवले ४ खेलमा ८ विकेट लिनुको साथै १२१.११ को स्ट्राइक रेटमा १०९ रन लिंदै नवौं सर्वाधिक रनकर्ता समेत थिए ।

सिराहाको लाहानमा जन्मिएका यादव ७ वर्ष अघि उच्च शिक्षाको लागि काठमाण्डौ आएका थिए । काठमाडौँ क्रिकेट एकेडेमीमा प्रशिक्षण थालेका उनले काठमाडौं आएको अर्को वर्ष २०१६ को एभरेष्ट प्रिमियर लिगमा ज्ञानेन्द्र मल्ल कप्तानीको कलर्स एक्स- फ्याक्टर्स टिमको प्रतिनिधित्व गर्ने मौका पाए । सोहि वर्ष उनले श्रीलंकामा आयोजित अन्डर-१९ एसिया कपमा नेपाली अन्डर-१९ टिमको लागि खेल्ने अवसर पाए । त्यसपछि सन् २०१८ सम्म नेपाली अन्डर-१९ टिमको सदस्य रहेका उनले धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग तथा घरेलु प्रतियोगिताहरुमा बिभिन्न टिमहरुको लागि नियमित सदस्य रहँदै आएका छन् ।

अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कलाई आदर्श मान्ने उनि आफ्नो खेल जीवनमा प्रशिक्षक मन्जुर आलम तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको महत्वपूर्ण योगदान रहेको बताउछन् । काठमाडौँ आउनु अघि यादवले अफ-स्पिन बलिंग गर्ने गरेका थिए । सन् २०१४ को टि-ट्वान्टी विश्वकपमा सोमपाल कामिले बलिंग गरेको देखेपछि उनलाई फास्ट बलिंग गर्ने प्रेरणा मिलेको हो ।

लाहान रहंदा उनले शारदा स्कुलबाट क्रिकेट खेल्न सुरु गरेका थिए । काठमाडौँमा होस्टलमा बस्दै आएका उनको परिवार लाहानमै बस्ने गर्छन् ।

सम्बन्धित :-

नन्दनलाई पहिलो पटक समेट्दै नामिबिया टुरको लागि नेपाली टिमको घोषणा

( फिचर फोटो – पोखरा राइनोज )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]