शरद खेल्न नसक्ने, सट्टामा नरेश हंगकंग जाने

cricket association of nepal
  • विकेटनेपाल, असोज २६ 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हंगकंगसंगको २ वटै खेल शरद भेसावकर खेल्न नसक्ने भएका छन् ।

हंगकंग पुगेपछि ज्वरोले थलिएका शरद खेल्न नसक्ने भएपछि उनको स्थानमा नरेश बुढायरले  नेपाली टिममा स्थान बनाएका छन्। नरेश आजै हंगकंग प्रस्थान गर्नेछन् र शुक्रबार बिहान नेपाली टिममा सामेल हुनेछन्।

नेपाली टिमको तर्फबाट प्रेस बिज्ञप्ति जारि गर्दै टिम ब्यबस्थापक रमण शिवाकोटीले यो कुराको अधिकारिक जानकारी दिएका हुन्।

हंगकंगसंग खेल्ने १४ जनाको टिम पछि ४ जना बैकल्पिक खेलाडीको सुचीमा नरेश बुढायर, मेहबुब आलम, कुशल भुर्तेल र जितेन्द्र मुखिया रहेका थिए।

नरेशले अन्तिम पटक बिश्व क्रिकेट लिगकै नामिबियासंगको खेलमा नेपाली टिमको लागि खेलेका थिए । उक्त खेलमा ओपनिंग गरेका उनले ६ रन बनाएका थिए।

हंगकंगसंग तेश्रो नम्बरमा ब्याटिंग गरिने योजनामा रहेका शरदको अनुपस्थिति पछि नरेशले चौथो नम्बरमा ब्याटिंग गर्ने र पारस खड्का तेश्रो नम्बरमा ब्याटिंग गर्ने सम्भावना रहेको छ ।

हंगकंग भ्रमण अघि नेपालले गरेको भारत भ्रमणमा हंगकंगसंगको खेलको तयारीको क्रममा शरद उत्कृस्ट लयमा रहेका थिए र तमिलनाडु ‘ए’ टिमसंग शतकीय योगदान समेत दिएका थिए ।

बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा शरदले हालसम्म १० खेलमा ४५.८५ को औषतमा ३२१ रन बनाईसकेका छन् । यो क्रममा शरदले ३ अर्धशतक प्रहार गरिसकेका छन् । पारस खड्का ( ३५२ ) पछि शरद नेपालको लागि च्याम्पियनसिपमा धेरै रन बनाउने खेलाडी हुन् ।

यस अघि शक्ति गौचन पायल्सको कारण नेपाली टिमको अभ्यासमै सामेल भएका थिएनन् भने विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ पनि ढाडको समस्याको कारण बन्दसत्रबाट बाहिरिएका थिए ।

नेपाली टिम :- 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  नरेश बुढायर , बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुशन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]