नेपाली क्रिकेट टिम बिहिबार श्रीलंका जाने

युएईमा मार्च १५ तारिख देखि सुरु हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तयारी नेपाली क्रिकेट टिमले श्रीलंकामा गर्ने पक्का भएको छ।

नेपाली टिम मार्च ३ तारिख बिहिबार श्रीलंका प्रस्थान गर्नेछ जहाँ टिमले पाँचवटा अभ्यास खेल खेल्ने तालिका छ। नेपाल क्रिकेट संघ ( क्यान ) ले आज भ्रमण बारे अधिकारिक घोषणा गर्नेछ।

नेपाली टिम श्रीलंकामा १० दिन रहने छ। मार्च १३ तारिखमा टिम श्रीलंकाबाटै युएई प्रस्थान गर्नेछ। भ्रमणको क्रममा नेपालले श्रीलंकाको प्रथम श्रेणी टिमहरुसंग अभ्यास खेल खेल्नेछ। टिमहरुको नाम भने सार्वजनिक गरिएको छैन।

युएई भ्रमणको लागि घोषित २० सदस्यीय टोलिबाट ४ जना खेलाडीलाई बाहिर राख्दै क्यानले टिमको घोषणा गर्नेछ। १६ सदस्यीय टिम श्रीलंका र युएई भ्रमणमा जानेछ।

बन्दप्रशिक्षणमा रहेको २० सदस्यीय टोलि : सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल , आरिफ शेख, आशिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुल्सन झा, करन केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सर्राफ, सुशन भारी, राजु रिजाल, अनिल शाह

युएई त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीसंग पहिलो खेल शारजाह स्टेडियममा खेल्नेछ भने अन्य सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ। सबै चारवटा खेल स्थानीय समय ९:३० बजे बिहान र नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ।

प्रतियोगिता लगत्तै नेपाली क्रिकेट टिमले मार्च अन्तिम साता पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेल्ने तालिका छ। त्यस अघि पपुवा न्यु गिनी र नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने सम्भावना रहेको छ जुन विश्वकप लिग-२ अन्तर्गत भने रहने छैन।

विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म मात्र ८ वटा खेल खेलेको छ जसमा ४ जित र ४ हार बेहोर्दै ८ अंक सहित छैठौं स्थानमा छ। पपुवा न्यु गिनी र युएईसंग नेपालले पहिलो सिरिज खेल्न लागेको हो। लिग-२ अंकतालिकामा युएई १० खेलमा ५ जित र ३ हार पछि १२ अंक सहित चौंथो स्थानमा छ भने पपुवा न्यु गिनी सबै १२ खेल हार्दै पुछारमा सातौं स्थानमा छ। ओमान २३ खेलमा ३० अंक सहित पहिलो, स्कटल्याण्ड १२ खेलमा १६ अंक सहित दोश्रो, अमेरिका १६ खेलमा १४ अंक सहित तेश्रो, नामिबिया ९ खेलमा १० अंक सहित पाँचौ स्थानमा छ। लिग-२ अंक तालिकाको शिर्ष-३ स्थानमा रहने टिमले २०२३ को विश्वकप छनोट खेल्ने छ भने चौंथो देखि सातौँ स्थानको टिमले छनोट खेल्ने अर्को मौका स्वरूप विश्वकप छनोट प्लेअफ खेल्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]