लयमा फर्कीयो ब्याटिंग, केन्या ४ विकेटले पराजित

तेश्रो खेलमा घरेलु टोलिलाई ४ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको टि-२० सिरिजमा २-१ को अग्रता हाँसिल गरेको छ।

हेर्नुस स्कोरकार्ड 

नैरोबी स्थित जिमखाना मैदानमा केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर भेटायो।

ओपनर अर्जुन साउद र पवन सर्राफले ३.२ ओभरमा ३५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए। सर्राफ १२ बलमा २० रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि साउदले ज्ञानेन्द्र मल्लसंग ४२ रन जोडे। ३१ बलमा ३५ रन बनाएर अर्जुन एघारौं ओभरमा आउट भए। सोहि ओभरमा दिपेन्द्र ऐरी ६ रन बनाएर आउट भए।

चौथो विकेटको लागि मल्ल र रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै नेपाललाई जितको दिशा दिए। रोहित १८ औं ओभरमा २९ रन बनाएर आउट भए। लगत्तै ओभरमा मल्ल ४६ रन बनाएर आउट भए जसले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। आदील आलमले ७ बलमा २ चौका र १ छक्का मद्दतले १६ रन बनाएर जित सहज बनाए।

केन्या बलर उगेने ओचेंग र भ्रज पटेलले २/२ विकेट तथा इमानुएल बन्डी र कोलिन्स ओबुयाले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरको केन्याले २० ओभरमा २ विकेट गुमाएर १५६ रन बनायो। उसको लागि राकेप पटेलले अविजित ७३ तथा इरफान करिमले अविजित ५५ रन बनाए। तेश्रो विकेटको लागि दुवैले अविजित १२७ रन जोडे। नेपालको बलिंगमा सोमपाल कामि र आदील अन्सारीले १/१ विकेट लिए।

हेर्नुस स्कोरकार्ड 

सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले तथा दोश्रो खेलमा केन्या १८ रनले विजयी भएको थियो। तेश्रो खेल भोलि सोमबार खेलिनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]