नेपाल र क्यानडा बीच पहिलो एकदिवसीय आज, यस्तो छ हेड टु हेड नतिजा

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ । खेल नेपाली समय अनुसार राति ८ : ४५ बजे किंग सिटी मैदानमा सुरु हुनेछ ।

हेड टु हेड

नेपाल र क्यानडा बीच पछिल्लो पटक एकदिवसीय फर्म्याटमा भेट यसै वर्ष फेब्रुअरीमा युएईमा आयोजित टि-२० विश्वकप ग्लोबल छनोटमा भएको थियो। उक्त खेलमा नेपाल ८ विकेटले विजयी हुँदा क्यानडाले दिएको ८१ रनको लक्ष नेपालले १४.१ ओभरमा भेटाएको थियो। जितमा बलिंगतर्फ सन्दिप लामिछानेले ३ तथा कमल सिंह ऐरी र अविनाश बोहराले २/२ विकेट लिएका थिए भने ब्याटिंगतर्फ कुशल भुर्तेलले ३४ र दिपेन्द्र ऐरीले २७ रन बनाए।

एकदिवसीयमा नेपाल र क्यानडा बीच हालसम्म ३ पटक प्रतिस्पर्धा भएको छ जसमा दुई खेल नेपालले जितेको छ भने एक खेल क्यानडाले जितेको छ।

एकदिवसीयमा दुई देश बीच पछिल्लो भेट ४ वर्ष अघि २०१८ मा भएको थियो। सोहि खेलमा करन केसी र सन्दिप लामिछानेले दशौँ विकेटको लागि ५१ रनको साझेदारी गर्दा नेपालले अपत्यारिलो जित दर्ता गरेको थियो। टस हारेर ब्याटिंग गर्दै क्यानडाले श्रीमंथा विजारत्नेको शतक ( १०३ ) मद्दतले १९४ रन बनाएको थियो। नेपालको बलिंगमा बस्नेत रेग्मीले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए। लक्ष पछ्याउने क्रममा १४४ रनमा ९ विकेट गुमाएपछि करन केसीले अविजित ४२ रन बनाउदै नेपाललाई अन्तिम बलमा जित दिलाएका थिए। दिलिप नाथले ४१, रोहित पौडेलले २७ तथा आरिफ शेखले २६ रन बनाएका थिए।

त्यस अघि सन् २०१५ को डिभिजन-२ मा नेपालले क्यानडालाई ७ विकेटले पराजित गरेको थियो जुन क्रममा क्यानडाले दिएको ११५ रनको लक्ष नेपालले सहजै पछ्याएको थियो। जितमा बलिंगतर्फ करन केसीले ५ विकेट तथा ब्याटिंगमा पारस खड्काले ७७ रन योगदान दिए।

२०१४ को एकदिवसीय विश्वकप छनोटमा क्यानडाले नेपाललाई १२ रनले पराजित गरेको थियो। क्यानडाले दिएको २५६ रन लक्ष पछ्याएको नेपालले ज्ञानेन्द्र मल्लको ८६ रनका बाबजुत २४३ रन मात्र बनाउन सकेको थियो।

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिदेशीय सिरिज खेल्न स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]