आईसीसी लिग–२ : नेपालको स्कटल्यान्ड भ्रमणको खेल तालिका सार्वजनिक

आईसीसी लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्ने विदेशीय अर्को सिरिजको खेल तालिका सार्वजनक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार स्टकल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने एकदिवसीय सिरिजमा नेपाल, आयोजक स्कटल्यान्ड र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ ।

तालिका अनुसार नेपालले पहिलो खेल नामावियासँग जुलाई ११, दोस्रो खेल आयोजक स्कटल्यान्डसँग जुलाई १३, तेस्रो खेल नामिवियासँग जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ । लिग–२ अन्तर्गतकै सिरिजको लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा छ ।

अमेरिकामा नेपालले आयोजक अमेरिका र ओमानसँग यही जुन ९ देखि १५ तारिखसम्म सिरिज खेल्दैछ । आईसीसी लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ ।

ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]