नेपाल, सिंगापुर र मलेसिया दोश्रो चरणमा, यसरी पुग्नेछ नेपाल टि-२० बिश्वकप

Nepal Cricket Team
  • विकेटनेपाल, असोज २६ 

अस्ट्रेलियामा आयोजना हुने टि-२० बिश्वकप २०२० को लागि पहिलो छनौट प्रतियोगिता एसिया पूर्वी छनौटको बिजेताको रुपमा नेपालले पहिलो खुड्किला पार गरेको छ।

मलेसियामा प्रतियोगिताबाट नेपाल विजेता नेपाल, उपविजेता सिंगापुर र तेश्रो स्थानमा रहँदै मलेसियाले छनौटको दोश्रो चरण एसिया छनौटमा प्रवेश गरेको छ। एसिया छनौटमा यस अघिनै पश्चिम क्षेत्रबाट युएई, कुवेत र कतार प्रवेश गरिसकेका छन्।

एसिया ( पूर्वी ) छनौटमा नेपाल र सिंगापुरले समान ५/५ जित हात पारे भने अन्तिम खेल सिंगापुर र नेपाल बीच नतिजा बिहिन टुंगिनपुगेपछि नेट रन-रेटमा अघि रहेको आधारमा नेपाल विजेता घोषित भएको हो। अन्तिम दिनको खेलमा मलेसियाले चिनलाई पराजित गर्दै थाईल्याण्डसंग बराबरी अंक ( ७ ) भए पनि नेट रनरेटले पछि पार्दै छनौट हुने तेश्रो टिम बन्न पुग्यो।

कसरि छनौट हुन्छ नेपाल बिश्वकप ? 

नेपाल सहित सिंगापुर, मलेसिया, युएई, कतार र कुवेत गरि ६ टिमले टि-२० बिश्वकपको दोश्रो खुड्किलो एसिया छनौट खेल्नेछन्। प्रतियोगिताको मिति सार्वजनिक भएको छैन। एसिया छनौटमा पनि अंकतालिकामा उत्कृस्ट २ हुने टिम अर्थात विजेता र उपविजेता तेश्रो र अन्तिम छनौट चरण खेल्न छानिनेछन्।

ग्लोबल छनौटमा कसले खेल्नेछन् ? 

ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका ६ टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनौटमा एसिया, अफ्रीका र अमेरिकाबाट २/२ टिम तथा यूरोप र इस्ट एसिया प्यासिफिकबाट १ टिम गरि ८ टिम पुग्नेछन्।

ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्। यस्तै आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन्।

ट्वान्टी-२० विश्वकपमा नेपालको इतिहास :

सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० विश्वकपमा आफ्नो स्थान बनाएको नेपालले त्यसयता आईसीसीको अन्य कुनै विधाको विश्वकपमा आफ्नो स्थान पक्का गर्न सकेको छैन। २०१४ मा पहिलो चरणबाटनै बाहिरिएको नेपालले आफुले खेलेका ३ खेलमा २ जित हात पार्न हंगकंग र अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र बंगलादेशले समान ४/४ अंक बटुले पनि नेट रन रेटमा अघि भएका कारण बंगलादेश दोस्रो चरण प्रवेश गरेको थियो।

सन् २०१६ को ट्वान्टी-२० विश्वकपका लागि आयोजित छनौट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको थियो। आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न छनौट प्रतियोगितामा समुह ‘ए’ मा रहेको नेपालले ६ खेलमा १ मात्र जित हात पारेको थियो र १२ औं स्थानमा प्रतियोगिताको अन्त्य गरेको थियो। सोहि प्रतियोगितामा गरेको खराब प्रदर्शन पछि नेपालले आफुले पाएको टि-२० अन्तर्राष्ट्रियको मान्यता समेत गुमाएको थियो।

shakti gauchan
shakti gauchan

नेपालले पहिलो पटक सन् २०१२ मा टि-२० बिश्व कप छनौट खेलेको थियो जसमा नेपालले सातौँ स्थान हाँसिल गरेको थियो र छनौट हुन असफल भएको थियो। त्यसपछि सन् २०१३ मा भएको छनौट प्रतियोगिता तेश्रो स्थान हाँसिल गर्दै नेपाल २०१४ बिश्वकप खेल्न छनौट भएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]