नेपालद्वारा श्रीलंका नेभीलाई सामान्य लक्ष्य, दिपेन्द्रले बनाए सर्वाधिक रन

विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लब बिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले ३७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१४ रन बनाउदै श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालको सुरुवात खराब रह्यो। ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल २ तथा रोहित पौडेल १३ रन बनाएर आउट भए। त्यसपछि कुशल भुर्तेल र दिपेन्द्र ऐरीले इनिंग्स सम्हाले। तर नेपालको विकेट जाने क्रम थामिएन।

आसिफ ३६ रन बनाएर आउट भएपछि रोहित पौडेलले १३ रन मात्र बनाउन सके। एक किनार सम्हालीरहेका दिपेन्द्र ऐरी पनि ४३ रन बनाएर आउट भए। त्यसपछि बिनोद भण्डारीले २२, करन केसीले १६, कमल सिंह ऐरीले १५ तथा सन्दिप लामिछानेले ११ रन बनाए। सागर ढकालले १३ तथा बिक्रम सोबले अविजित ११ रन बनाए।

श्रीलंका नेभीका लेग स्पिनर अरभिन्दा अकुरुगोडाले सर्वाधिक ४ विकेट ( ९.१-१-५९-४ ) तथा ए. अवाद्तले ३ विकेट ( १०-१-३१-३ ) लिए।

श्रीलंका नेभी श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। जारि खेलमा नेपालले अन्तिम एघारमा आरिफ शेख, भिम शार्की, सोमपाल कामि र पवन सर्राफलाई समाबेश गरेको छैन।

नेपालले अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, कुशल भुर्तेल, आसिफ शेख, बिनोद भण्डारी, कमल सिंह ऐरी, सागर ढकाल, रोहित पौडेल, बिक्रम सोब

श्रीलंका नेभी अन्तिम एघार : वरुना मायान्था, भाग्या ईडीविरा, केशरा नुवान्था, एम मदुशंका, थिलिना मधुशंका, डी मधुशान, ए फर्नान्डो, अरभिन्दु अकुरुगोडा, पोर्ना चरुका, एस सथिस, ए अवाद्त

नेपालले भोलि मंगलबार पनि श्रीलंका नेभीसंग अभ्यास खेल खेल्नेछ। त्यसपछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।

श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]