यु-१९ एसिया कप : रित गौतमको अर्धशतकमा नेपालले बनायो १५९ रन

श्रीलंकामा बिहिबार देखि सुरु भएको अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आयोजक श्रीलंकासंग आफ्नो पहिलो खेल खेलीरहेको छ।

कोलोम्बो स्थित आर. प्रेमदासा स्टेडियममा जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरको इनिंगमा ९ विकेट गुमाएर १५९ रन बनाएको छ। वर्षाको कारण  ९ ओभर सकिंदा खेल रोकिदा ओभर घटाइएको थियो।

नेपालको सुरुवात राम्रो हुन सकेन जुन क्रममा पवन सर्राफ ४ तथा आसिफ शेख ७ रन बनाएर आउट भए। सातौँ ओभरमा २४/२ को स्थितिबाट ओपनर रित गौतम र कप्तान रोहित पौडेलले राम्रो साझेदारी गरे। दुवैले तेश्रो विकेटको लागि ९१ रनको साझेदारी गरे।

आसिफ शेख र पवन सर्राफ छिट्टै आउट भए

५४ रन बनाएका रिट ३० औं ओभरमा आउट भए। उनले ८५ बलमा ४ चौका प्रहार गरे। लगत्तै ४७ रन बनाएर कप्तान रोहित पनि आउट भए। उनले ८० बलमा १ चौका प्रहार गरे। भिम शार्की १ रन बनाएर रन आउट हुँदा श्रीलंका खेलमा हावी भयो।

त्यसपछि नेपालको विकेट पतन सुरु भयो। कुशल मल्ल र कमल सिंह ऐरी समान २/२ रन तथा सागर ढकाल १ रन बनाएर आउट भए। अन्तिममा रासिद खानले अविजित १५ रन बनाए।

श्रीलंकाको बलिंगमा दिलशान मदुशंका ( ८-१-२३-३ ) र नाभोद दिनुस्री ( ९-०-२६-३ ) ले समान ३/३ विकेट लिए।

Rit Gautam

प्रतियोगिता अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा नेपाल र श्रीलंका सहित युएई र बंगलादेश रहेको छ। आजै युएई र बंगलादेश बीच पनि खेल चलीरहेको छ। समुह ‘ए’ मा भारत, पाकिस्तान, कुवेत र अफगानिस्तान रहेका छन्।

नेपालले दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ मा तथा तेश्रो खेल युएईसंग सेप्टेम्बर १० मा खेल्नेछ। दुवै समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]