नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

श्रीलङ्कामा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता सकेर केही समय प्रशिक्षण गरी नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगितामा समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ लाई तीन विकेटले हराएको थियो । स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले नेपालले यसपटक राम्रो खेल्न नसकेपनि आगामी दिनमा सुधार हुने बताए ।

‘‘छिट्टै सोचेको जस्तो केही परिवर्तन हुँदैन । एक महिनामा कोही पनि विराट कोहली र बाबर आजम बन्दैनन् । त्यसको लागि बिस्तारै समय लाग्छ । जित्दा मात्तिनु र हार्दा आत्तिनु हुँदैन । हामी सबैले धैर्यता राख्न सक्नुपर्छ,’’ रोहितले भने ।

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपलाई एसिया कपको तयारीको रूपमा लिएको थियो । यस प्रतियोगितामा सिनियर राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका थिए ।

एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्ममा पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । नेपालले अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]