त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घले त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ।

आउँदो कात्तिक १ गतेदेखि काठमाडौँमा त्रिदेशीय टी-२० शृङ्खला आयोजना हुँदै छ। प्रतियोगितामा नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताका लागि रोहित पौडेलको नेतृत्वमा १९ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो। टोलीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अविनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकश बम, सूर्य तामाङ र श्याम ढकाल (मौसम) छन्।

पहिलो खेलमा कात्तिक १ गते नेपाल र युएई प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, दोस्रो खेलमा कात्तिक २ गते नेपाल र हङकङको प्रतिस्पर्धा हुनेछ।

कात्तिक ४ मा नेपाल र हङकङको दोस्रो खेल हुनेछ भने कात्तिक ५ मा हङकङ र युएई भिड्नेछन्। त्यस्तै, कात्तिक ६ मा नेपाल र युएई तथा कात्तिक ८ मा हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल कात्तिक १० मा त्रिवि क्रिकेट मैदानमा हुनेछ।

त्यस लगत्तै कात्तिक १३ बाट टी-२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]