रोहितको अर्धशतक, कमलको विस्फोटक इनिंग, युएईलाई २८६ रनको लक्ष्य

श्रीलंकामा जारि अन्डर-१९ एसिया कप अन्तर्गत तेश्रो खेलमा नेपालले युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

समुह ‘बि’ मा रहेका नेपाल र युएई दुवै टिम सेमीफाइनल पुग्न असफल रहीसकेका छन्। श्रीलंका र बंगलादेशले समुह ‘बि’ बाट तथा भारत र अफगानिस्तानले समुह ‘ए’ बाट सेमीफाइनलमा स्थान बनाइसकेका छन्।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्स, कटुनाएकेमा जारि खेलमा टस जितेर युएईले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउदै २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर रित गौतम पहिलो बलमै तथा पवन सर्राफ पनि चौथो ओभरमा आउट भए। दुवै ओपनरले खाता खोल्न सकेनन्। तेश्रो विकेटको लागि कप्तान रोहित पौडेल र आसिफ शेखले ७१ रनको साझेदारी गरे। १९ औं ओभरमा आसिफ ४५ रन ( ५४ बलमा ८ चौका ) बनाएर आउट भए।

आसिफको विकेट पछि रोहितले सन्दिप जोरासंग ८५ रनको साझेदारी गरे। रोहित ३३ औं ओभरमा ६७ रन बनाएर आउट भए जसले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। त्यसपछि लगातार विकेट गुमाउने क्रममा भिम शार्की १ रन बनाएर लगत्तै ओभरमा आउट भए। त्यसपछि अर्धशतक पुरा गर्न २ रनले चुक्दै सन्दिप जोरा पनि आउट भए। जोराले ५३ बलमा ६ चौका मदतले ४८ रन बनाए।

कुशल मल्ल पनि २१ बलमा १ चौका र २ छक्का बनाएर आउट हुँदा ४१ ओभरमा २०६/७ को अवस्थामा नेपालको इनिंग पुग्यो।

Sandeep Jhora

त्यस पछि तल्लो क्रममा रासिद खान र कमल सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २५० पार गराए। ८ ओभरमा रासिद र कमलले ७० रनको साझेदारी गरे।

५० औं ओभरमा आउट हुनु अघि कमलले २६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। सोहि ओभरमा आउट भएका रासिदले ४४ बलमा ४४ रन बनाउन ५ चौका र १ छक्का प्रहार गरे।

युएईको बलिंगमा अक्षा ताहिर र संचित शर्माले समान ३/३ विकेट लिए। केपी मेयाप्पनले २ र रिशभ मुखर्जीले १ विकेट लिए।

Kamal Airee

प्रतियोगिता अन्तर्गत पहिलो २ खेलमा नेपाल श्रीलंका र बंगलादेशसंग पराजित भएको थियो।

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]