भुटान ३३ रनमै अल-आउट , नेपालको बिशाल जित

Nepal Cricket Team
  • विकेटनेपाल-२३ असोज

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले लगातार चौथो जित दर्ता गरेको छ। आफ्नो चौथो खेलमा नेपालले भुटानलाई ११७ रनको बिशाल अन्तरले पराजित गर्यो।

४ जितसंगै नेपाल आईसीसी टि-२० बिश्व कप एसिया छनौट खेल्ने पक्का भएको छ। जारि प्रतियोगिताबाट ३ वटा टिम एसिया कप छनौट खेल्ने छन्। यस अघि नै पश्चिम क्षेत्रबाट एसियाली छनौटको लागि युएई, कुवेत र कतार छनौट भैसकेका छन्। एसियाली छनौट खेल्ने ६ टिमबाट ग्लोबल छनौट खेल्न २ वटा टिम छनौट हुनेछ।

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल भोलि बुधबार चिनसंग खेल्ने तलिका रहेको छ। खेल नेपाली समय बिहान ७:४५ बजे बायुमास ओभल मैदानमा खेलिनेछ।

भुटानको कमजोर ब्याटिंग 

पहिले ब्याटिंग गर्दै नेपाल दिएको १५१ रनको लक्ष्य भुटानलाई ठूलो सावित भयो। सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीको स्पिनलाई सुरुवातबाटनै बुझ्न नसक्दा भुटानको ब्याटिंग ध्वस्त हुनपुग्यो। नेपाली बलिंगको अगाडी भुटानले १६.४ ओभर ब्याटिंग गर्दै सबै १० विकेट गुमाउँदा मात्र ३३ रन जोड्न सक्यो।

कुनै समय १६ रन जोड्न ९ विकेट गुमाएको भुटानलाई रमेश लिम्बु र तेन्जिन वान्चुक जुनियरले अन्तिम विकेटका लागि १७ रनको साझेदारी गर्दै स्कोरलाई ३३ रनसम्म पुर्याए। १९ बलको सामना गर्दै ११ रन जोडेका तेन्जिन वान्चुक जुनियर बाहेक भुटानका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको बलिंगतर्फ सन्दिप लामिछाने र ललित राजबंशीले समान ३-३ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा ललितले २ मेडन सहित ४ रन खर्चिएर ३ विकेट चट्काए। यस्तै सन्दिपले भने आफ्नो ४ ओभरमा २ मेडन सहित ६ रन खर्चिए।

बसन्त रेग्मीले २ विकेट (४-१-७-२) लिन ७ रन खर्चिंदा शरद भेसवाकरले भने मात्र ४ बल गर्दै १ विकेट चट्काए।

प्रदिप ऐरिको अर्धशतक 

यसअघि पहिलो इनिंगको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १५० रनको योगफल तयार गरेको थियो। नेपालको इनिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका प्रदिप ऐरीले अर्धशतक जोड्ने क्रममा सर्वाधिक ७५ रनको योगदान गरेका थिए।

Pradeep Airee
Pradeep Airee ( File Photo )

राष्ट्रिय टोलीमा कम्ब्याक गरेका प्रदिपले म्यान्मार बिरुद्ध पहिलो खेलमा खास प्रदर्शन गर्न नसकेपनि भुटान बिरुद्ध भने अविजित अर्ध-शतकीय पारि खेले। ६८ बलको सामना गरेका प्रदिपले ६ चौका र २ छक्का सहित ७५ रन जोड्दा अविजित रहे।

युकेएम मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालको सुरुवात राम्रो रहन सकेको थिएन। पहिलो ओभरको तेस्रो बलमा बिनोद भण्डारी खाता नखोल्दै पभेलियन फर्किंदा नेपालको स्कोर ६ रन मात्र रहेको थियो।

त्यसपश्चात भने दोस्रो विकेटका लागि अनिल कुमार साह र प्रदिप ऐरीले ६६ रनको साझेदारी गर्दै नेपालको स्कोरलाई अगाडी बढाए। दुवै किनारबाट मुस्किलले मात्र रन बनिरहेको अवस्थामा ठूलो सट प्रहार गर्ने चक्करमा अनिल व्यक्तिगत २७ रनको स्कोरमा आउट भए। २१ बलको सामना गरेका अनिलले २ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरी व्यक्तिगत १३ र १५ रनको स्कोरमा पभेलियन फर्किंदा नेपालको स्कोर १२७/४ रहेको थियो। इनिंगको अन्त्य तर्फ ब्याटिंग गर्न आएका करन केसीले ५ बलमा १ छक्का सहित अविजित ११ रन जोडेका थिए।

भुटानका बलरहरुको अनुशासित बलिंग र नेपाली ब्याट्सम्यानहरुको खराब सट चयनले नेपालले सोचे अनुरुप ठूलो स्कोर बनाउनबाट चुकेको थियो।

भुटानको बलिंगमा थिन्ले जम्त्शो, सन्जिब गुरुङ, जिंग्मे सिंगे र रमेश लिम्बुले समान १-१ विकेट लिएका थिए।

|| स्कोरकार्ड ||अंकतालिका 

नेपालको अन्तिम ११ :- प्रदिप ऐरि, बिनोद भण्डारी,शरद भेसावकर, दिपेन्द्र ऐरि आरिफ शेख, पारस खड्का, बसन्त रेग्मी, करन केसी, अनिल साह, सन्दिप लामिछाने, ललित राजबंशी





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]