उपाधिको लागि हंगकंग र नेपालको प्रतिस्पर्धा, पछिल्लो ४ खेलमा यस्तो छ नतिजा

सिंगापुरलाई ५१ रनले ( डीएल मेथड ) पराजित गर्दै हंगकंगले लगातार दोश्रो पटक नेपालसंग एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको फाइनलमा भेट पक्का गरेको छ। सोमबारनै सम्पन्न अर्को सेमीफाइनलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।

हंगकंगले टस हारेर पहिले ब्याटिंग गरे ५० ओभरमा ९ विकेट गुमाएर २४७ रनको योगफल तयार गरेपछि लक्ष्य पछ्याउने क्रममा सिंगापुरले २८.३ ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाउदा वर्षाले खेल रोकिंदा डीएल मेथडमा हंगकंग ५१ रनले विजयी भएको थियो।

हंगकंगको जितमा ब्याटिंगतर्फ नसरुल्लाह रानाले सर्वाधिक ५५, अदित गोरावराले ५२ तथा मेहरानले ४० रन बनाए। यस्तै बलिंगमा मोहम्मद हसनले ३ विकेट लिए। स्कोरकार्ड 

प्रतिगिताको समुह चरणको खेलमा नेपाल समुह ‘ए’ को विजेता तथा हंगकंग समुह ‘बि’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। दुवै टिम अपराजित रहेको छ। फाइनल खेल मंगलबार किनरारा ओभल मैदानमा ७:४५ बजे सुरु हुनेछ।

एसीसी अन्डर-१९ प्रतियोगिताको २०१७ को संस्करण नेपालले फाइनलमा हंगकंगलाई पराजित गर्दै जितेको थियो। प्रतियोगिता जित्ने टिमले २८ अगस्ट देखि श्रीलंकामा आयोजना हुने अन्डर-१९ एसिया कप खेल्न छनौट हुनेछ। यस्तै नेपाल र हंगकंग २०२० नोभेम्माबर  युएईमा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट भइसकेका छन्।

नेपाल Vs मलेसिया – पछिल्लो ४ खेलमा नतिजा 

नेपाल र हंगकंग अन्डर-१९ टिमले सन् १९९७ को युथ एसिया कपमा पहिलो पटक प्रतिस्पर्धा गरेका थिए। त्यसपछि हालसम्म दुइ टिम २१ वर्षमा मात्र ४ पटक आमने-सामने भएका छन्। ४ खेलमा नेपाल र हंगकंगले २/२ वटा खेलमा जित हाँसिल गरेका छन्।

Nepal Vs Hong Kong , 2017 ACC U19 Eastern

एसीसी अन्डर-१९ इस्टर्न फाइनल  ( २०१७ सेप्टेम्बर  ) : नेपाल ५ विकेटले विजयी

प्रतियोगिताको २ वर्ष अघि सम्पन्न पहिलो संस्करणमा नेपालले हंगकंगलाई पराजित गर्दै उपाधि जितेको थियो। टस हारेर पहिले ब्याटिंग गरेको हंगकंगले ३२.१ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्रै बनाउन सकेको थियो। नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

नेपालको जितमा बलिंगमा सन्दिप लामिछाने र शाहब आलमले ३/३ विकेट लिएका थिए भने ब्याटिंगमा दिपेन्द्र ऐरीले २२ तथा प्रनित थापा* र सन्दिप सुनारले समान १९ रन बनाएका थिए।  स्कोरकार्ड

एसीसी अन्डर-१९ इलाइट कप (  २००९ अप्रिल ) : हंगकंग ३६ रनले विजयी

समुह चरणको खेलमा टस जितेर ब्याटिंग गरेको हंगकंगले ५० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो। हंगकंग ब्याट्सम्यान इरफान एहमदले अविजित १०३ रन तथा वकास बर्कातले ३६ रन बनाएका थिए। नेपालको बलिङ्गमा देब्रे हाते स्पिनर लाल बहादुर अधिकारीले ३ ( १०-१-३३-३ ) तथा देब्रे हाते मिडियम पेसर रुपेश श्रीवास्तभले २ विकेट ( १०-३-२१-२ ) लिएका थिए।

जवाफमा ब्याटिंग गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्रै बनाउन सकेको थियो। हंगकंग बलर शकिल हकले ४ विकेट ( १०-३-१७-४ ) तथा इरफान एहमदले ३ विकेट ( ९-२-२७-३ ) लिंदै नेपालको ब्याटिंग धरासायी पारेका थिए। नेपालको ब्याटिंगमा ओपनर अनिल मण्डलले सर्वाधिक २९, सागर खड्काले २५ तथा ज्ञानेन्द्र मल्लले २१ रन बनाएका थिए। उक्त प्रतियोगिताको उपाधि हंगकंगले अफगानिस्तानलाई पराजित गर्दै जितेको थियो।

Nepal U19 Cricket Team 2009 ACC U19 Elite Cup . Photo - Durga Nath Subedi / ACC
Nepal U19 Cricket Team, 2009 ACC U19 Elite Cup . Photo – Durga Nath Subedi / ACC

युथ एसिया कप , तेश्रो स्थान प्ले-अफ ( डिसेम्बर १९९७ ) : हंगकंग ९ विकेटले विजयी

टस जितेर हंगकंगले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ३२.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सकेको थियो। नेपालको लागि ओपनरद्वय इक्रम सिद्दिकीले सर्वाधिक ४५ रन तथा दिपेन्द्र चौधरीले ३१ तथा तेश्रो नम्बरका सन्जिभ मिश्रले अविजित २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्। हंगकंग बलर ए हर्जानीले ४ विकेट ( ६.४-१-२७-४ ) लिएका थिए।

हंगकंगले १८.३ ओभरमा १ विकेट मात्र गुमाएर लक्ष्य पुरा गरेको थियो। ओपनर मनोज चेरुपरमबिलले अविजित ४८ तथा एलेकजेन्डर फ्रेन्चले अविजित ४४ रन तथा ग्रेसन टिनडेलले ४४ रन बनाए। नेपालको लागि एक मात्र विकेट सन्जिभ मिश्रले लिए।

युथ एसिया कप , सुपर लिग ( डिसेम्बर १९९७ ) : हंगकंग ५ विकेटले विजयी 

पहिले ब्याटिंग गर्दै नेपालले मात्र १४१ रन बनाए पछि हंगकंगले मात्र ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालको लागि ब्याटिंगमा इक्रम सिद्दिकीले ५० र जय प्रकाश शर्राफले ५१ रन बनाएका थिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]