ट्राई सिरिज : नेपाल र नेदरल्याण्ड आज खेल्दै , कस्तो होला नेपालको अन्तिम-११

नेपाली भूमिमा पहिलो पटक त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको आयोजना शनिवार देखि सुरु हुँदैछ। नेपालले घरेलु भूमिमा नेदरल्याण्ड र मलेसियासंग टि-ट्वान्टी सिरिज खेल्दैछ। नेपालले सिरिजको सुरुवात शनिवार उद्घाटन खेलमा दिउसो १:१५ बजे नेदरल्याण्डसंग खेल्दै गर्नेछ।

आईसीसीको टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १५ औं तथा नेदरल्याण्ड १७ औं स्थानमा रहेको छ। ३१ औं वरियतामा रहेको मलेसिया भन्दा वरियतामा र टोलिको हिसाबले नेपाल र नेदरल्याण्ड बीच प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।

प्रतियोगिताको खेलहरु काठमाडौँमा भएका दर्शकहरुले मैदानमै गएर हेर्न सक्छन्। खेल हेर्न दर्शकहरुले १ सय ५० रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ। प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा हिमालय टिभीले गर्नेछ। यस्तै युट्युबमा पनि खेलको प्रत्यक्ष प्रशारण हुनेछ।

मौसमको चिन्ता सिरिज सुरु हुने अघिल्लो दिन शुक्रबार काठमाडौँमा भारि वर्षा तथा हावाहुरी चलेको थियो। हिजो वर्षा र हावाहुरीको बाबजुद बादल अझै हटिनसकेकोले आज पनि दिउसो हावाहुरी र वर्षा हुनसक्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार दिउसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

डेब्यु गर्न तयार युवा खेलाडीहरु 

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध केहि नेपाली खेलाडीहरुले टि-२० अन्तर्राष्ट्रिय डेब्यु गर्न सक्छन्। देब्रे हाते स्पिनर शाहब आलम, विकेटकिपर ब्याट्सम्यान आसिफ शेख, फास्ट बलर कमल सिंह ऐरी तथा ब्याट्सम्यान कुशल भुर्तेलले हालसम्म नेपालको टि-२० अन्तर्राष्ट्रिय क्याप पाएका छैनन्। यी मध्ये कुन खेलाडीले नेदरल्याण्डसंग डेब्यु क्याप लगाउनेछन् त्यो हेर्न लायक हुनेछ।

Aasif Sheikh
Aasif Sheikh

कस्तो होला नेपालको अन्तिम ११ 

नेदरल्याण्ड बिरुद्ध नेपालको अन्तिम-११ टिम कस्तो होला भन्ने प्रश्न धेरैको रहेको छ। पारस खड्काको अनुपस्थितिमा नेपालको माथिल्लो क्रममा जिम्मेवारी कसले सम्हाल्ला तथा टिमको समीकरण कस्तो रहला भन्ने कौतुहलता सबैमा रहेको छ।

नेपालले ओपनिंग ब्याटिंगमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिनेछ जसलाई आसिफ शेख या कुशल मल्लले साथ दिन सक्नेछन्। मध्यक्रममा दिपेन्द्र ऐरी, आरिफ शेख, बिनोद भण्डारी रहनेछन्। फास्ट बलिंग अलराउण्डर करन केसी र सोमपाल कामि र डेथ ओभर स्पेसलिस्ट अविनाश बोहराको स्थान पक्का छ। स्पिन पक्षमा लेग स्पिनर सन्दिप लामिछाने र उत्कृस्ट लयमा रहेका देब्रे हाते स्पिनर शाहब आलम अथवा सुशन भारि रहेका छन्। पारस खड्का घाइते हुँदा टिममा भित्रिएका सन्दिप जोराले मौका पाउनको लागि आसिफ शेख बाहिर हुनु पर्नेछ।

सम्भावित ११ : ज्ञानेन्द्र मल्ल ( कप्तान ), आसिफ शेख, कुशल मल्ल, दिपेन्द्र ऐरी, बिनोद भण्डारी ( विकेटकिपर ), आरिफ शेख, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, अविनाश बोहरा, शाहब आलम/सुशन भारि

कस्तो छ नेदरल्याण्ड टिम 

अन्तिम पटक नेदरल्याण्डले खेलेको प्रतियोगिता २०१९ टि-२० विश्वकप छनोट प्रतियोगितामा रहेका १४ जना खेलाडी मध्ये ७ जना खेलाडी अहिले टिममा छैनन्। नेदरल्याण्डले युवा खेलाडीहरुलाई टिममा मौका दिएको छ।

भान डर मर्वे, रायन टेन डोस्काटे, कोलिन एंकरम्यान जस्ता अनुभवी खेलाडीहरु बिना नेपाल आएको नेदरल्याण्ड टिमले युवा खेलाडीहरुमा भरोसा देखाएको छ। कप्तान पिटर सिलर, स्कट एडवार्ड्स, टोनी स्टाल, सेबास्टिएन ब्राट जस्ता खेलाडीहरुमा ब्याटिंग जिम्मेवारी रहेको छ। पल भान मिकीरन, भिभिएन किंग्मा जस्ता अनुभवी फास्ट बलरहरु टिमको बलियो आधार हुन्।

नेदरल्याण्ड टिम : पिटर सिलर ( कप्तान ) टोबीएस भिसे, बेन कुपर, म्याक्स ओ’ डोड, बास डी लिडे, बिक्रमजित सिंह, स्कट एडवार्ड्स, आर्यन दत्त, फिलिपे बोसेभेन, पल भान मिकीरन, भिभिएन किंग्मा, टोनी स्टाल, सेबास्टिएन ब्राट, जुलिएन डे मे

यो पनि पढ्नुस 

यस्तो छ नेपाल र नेदरल्याण्डको टि-२० क्रिकेटको बिगत

दक्षिण अफ्रीका ३ विकेटले पराजित, पाकिस्तानले जित्यो सिरिज

IPL : चेन्नाईद्वारा पन्जाब ६ विकेटले पराजित





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]