NEPAL vs PNG : लगातार दुई विकेट पछि दबाबमा पपुवा न्यु गिनी

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले १५ ओभरमा ६० रन बनाउदा २ विकेट गुमाएको छ। क्रिजमा कप्तान असद भाला १७ बलमा २ रन तथा चार्ल्स अमिनी ५ बलमा २ रन बनाएर अविजित छन्।

ओपनर टोनी उरा र लेगा सियाकाले ५१ रनको साझेदारी गरेका थिए। दशौँ ओभरमा उरालाई आरिफ शेखले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट पारे। तेह्रौं ओभरमा कप्तान सन्दिप लामिछानेले सियाकालाई बोल्ड गर्दै नेपाललाई खेलमा हावी गराए। उराले ३४ बलमा ५ चौका मद्दतले २७ तथा सियाकाले ३३ बलमा २ चौका मद्दतले २५ रन बनाए।

नेपालको बलिंग :

सोमपाल कामि : ५-०-२६-०

करन केसी : ४-०-१९-०

आरिफ शेख : ३-०-८-१ ,

सन्दिप लामिछाने : ३-०-६-१

दिपेन्द्र ऐरी : १-०-३-०

खेल प्रत्यक्ष हेर्नुस





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]