बलरहरु चम्किंदा श्रीलंका भ्रमणमा नेपालको विजयी सुरुवात

श्रीलंका नेभीलाई १११ रनले सहजै पराजित गर्दै नेपालले श्रीलंका अभ्यास भ्रमणको विजयी सुरुवात गरेको छ।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको २१५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभीले २८.५ ओभरमा १०३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। उसको लागि एम मधुशंकाले सर्वाधिक ३९ रन बनाए।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ७.५ ओभरमा १ मेडन ओभर गर्दै १८ रन खर्चिए। यस्तै बिक्रम सोब ( ४-०-१३-२ ) र ज्ञानेन्द्र मल्लले ( १-०-८-२ ) समान दुई विकेट लिए भने करन केसी ( ५-१-२०-१ ), कमल सिंह ऐरी ( ३-०-१५-१ ) र सागर ढकालले ( ५-०-२३-१ ) समान एक विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको नेपालले ३७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१४ रन बनाएको थियो।

नेपालको सुरुवात खराब रह्यो। ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल २ तथा रोहित पौडेल १३ रन बनाएर आउट भए। त्यसपछि आसिफ शेख र दिपेन्द्र ऐरीले इनिंग्स सम्हाले। तर नेपालको विकेट जाने क्रम थामिएन।

आसिफ ३६ रन बनाएर आउट भएपछि रोहित पौडेलले १३ रन मात्र बनाउन सके। एक किनार सम्हालीरहेका दिपेन्द्र ऐरी पनि ४३ रन बनाएर आउट भए। त्यसपछि बिनोद भण्डारीले २२, करन केसीले १६, कमल सिंह ऐरीले १५ तथा सन्दिप लामिछानेले ११ रन बनाए। सागर ढकालले १३ तथा बिक्रम सोबले अविजित ११ रन बनाए।

श्रीलंका नेभीका लेग स्पिनर अरभिन्दा अकुरुगोडाले सर्वाधिक ४ विकेट ( ९.१-१-५९-४ ) तथा ए. अवाद्तले ३ विकेट ( १०-१-३१-३ ) लिए।

श्रीलंका नेभी श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। खेलमा नेपालले अन्तिम एघारमा आरिफ शेख, भिम शार्की, सोमपाल कामि र पवन सर्राफलाई बाहिर राखेको थियो।

नेपालले भोलि मंगलबार पनि श्रीलंका नेभीसंग अभ्यास खेल खेल्नेछ। त्यसपछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।

श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]