विश्वकप लिग टु : आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले आज युएईसँग खेल्दै छ।

टियु क्रिकेट मैदानमा खेल साढे ९ बजे सुरु हुनेछ। नेपालले अघिल्लो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। युएई पीएनजीसँग ५६ रनले पराजित भएको छ।

नेपाल आजको खेल जित्दै अन्तिम चारमा रहन चाहन्छ। नेपालले युएई भ्रमणमा तीन जित निकालेको थियो। नेपाली टिमले पछिल्ला ९ खेलमा ८ जित निकाल्न सफल छ।

अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अङ्क बटुलेको थियो। आजको खेल जिते नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ। नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जिते नेपाल शीर्ष तीनमा रहने छ।

अङ्क तालिकामा नेपालले ३३ खेलमा ३४ अङ्क बनाएको छ। समान ३३ खेल खेलेको युएईको ३१ अङ्क छ। नेपाल पाचौं स्थानमा उक्लिदा युएईभने छैटौँ स्थानमा झरेको छ।

सातौँ स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ। ५० अङ्कसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अङ्क छ। ३९ अङ्कसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अङ्कसहित अमेरिका चौथो स्थानमा छ।

स्कटल्यान्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ। बाँकी चार टिमको भविष्य निर्धारण लिग टूको अन्तिम सिरिजले नै गर्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]