नेपाली बलिङ सामू चलेन बंगलादेशको ब्याटिङ, १०६ रनमा नै अल आउट

काठमाडौं । नेपाली बलर सामू खुलेर खेल्न नसक्दा बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा बंगलादेश १ सय ६ रनमा अल आउट भएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १९ दशमलब ३ ओभरमा अल आउट हुनु अघि १ सय ६ रन मात्र बनायो ।

बंगलादेशका लागि साकिब अल हसनले २२ बलमा १७ तथा जाकर अलिले १२ रन बनाए । महमदुल्लाहले १३ रन बनाउँदा ओपनर लिन्टन दासले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामी, कप्तान रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए ।

यसै खेलमा नेपालका सन्दीप लामिछानेले टी-२० आईमा १ सय विकेट पूरा गरेका थिए । सन्दीपले ५४ खेलमा १ सय विकेट पूरा गरेका हुन् । बंगलादेशका जाकर अलिको विकेट लिदै सन्दीपले १ सय विकेट पूरा गरेका थिए ।

नेपालका लागि टी२० आईमा १ सय विकेट पूरा गर्ने सन्दीप पहिलो खेलाडी हुन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]