नेपालको दोश्रो जित, चिन सहजै पराजित

  • विकेटनेपाल, १० मङ्सिर 

आईसीसी महिला टि-२० बिश्वकप छनौट ( एसिया क्षेत्र ) प्रतियोगिता अन्तर्गत आफ्नो पाँचौ तथा अन्तिम खेलमा नेपालले चिनलाई ५० रनले सजिलै पराजित गरेको छ।

स्कोरकार्ड, अंकतालिका , नतिजाहरु 

अघिल्लो खेलमा मलेसियालाई ३३ रनले पराजित गरेको नेपालको प्रतियोगितामा यो दोश्रो जित हो। पहिलो २ खेल वर्षाले अबरुद्ध भएर अंकबाड्नु परेपछि नेपालले तेश्रो खेलमा युएईसंग ५ रनको हार बेहोरेको थियो।

चिनलाई पराजित गरेपनि अंकतालिकामा उत्कृस्ट २ भित्र पर्दै प्रतियोगिताको फाइनल पुग्ने नेपालको सपना पुरा हुन सकेन। प्रतियोगिताको उत्कृस्ट हुने २ टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्ने पाउने थियो।

आजै सम्पन्न अर्को खेलमा युएईले मलेसियालाई ३४ रनले पराजित गर्दै ५ खेलमा ४ जित र १ हार बेहोर्दै अंकतालिकामा ८ अंक सहित शिर्षस्थानमा रही ग्लोबल छनौट प्रतियोगितामा आफ्नो स्थान पक्का गरेको छ।  दोश्रो स्थानमा रहेको थाईल्याण्डले ४ खेलमा ३ जित र १ बराबरी सहित ७ अंक बटुली दोश्रो स्थानमा रहेको छ। थाईल्याण्डले तालिकाको चौथो स्थानमा ५ अंक सहित रहेको हंगकंगसंग आजै सम्पन्न हुने लिगको अन्तिम खेल खेल्नेछ जसपछि नेदरल्याण्ड बिश्व कप ग्लोबल छनौट प्रतीयोगीता खेल्ने दोश्रो टिमको टुंगो लाग्नेछ।

अंकतालिका

नेपालको सहज जित 

एसियन इन्स्टिच्युट मैदान ब्यांककमा टस जितेर नेपाललाई चिनले ब्याटिंगको निम्तो दिएको थियो।

नेपालले पुरै २० ओभर ब्याटिंग गर्दै १०२ रनमा ८ विकेट गुमायो। सुरुवात देखि नेपाली खेलाडीहरु विकेटमा जम्न सकेनन्। नवौं नम्बरमा ब्याटिंग गर्न आएकी रुबिना क्षेत्रीले नेपालको बनाएको अविजित १८ रन सर्बाधिक योगदान रह्यो। उनले १४ बलमा २ चौका प्रहार गर्दै नेपालको स्कोर १०० रन पार गराएकि थिईन।

रुबिना क्षेत्री ( फाइल तस्बिर )

ओपनर ज्योति पाण्डे ९ तथा सिता राना मगर ४ रन बनाएर आउट भएपछि काजोल श्रेष्ठ र नेरी थापाले तेश्रो विकेटको लागि २८ रन बनाएपनि साझेदारी लामो समय टिक्न सकेन। नेरी ११ तथा काजोल १६ रन बनाएर पेभेलियन फर्किएपछि नेपालले रोमा थापा ( ३ ) , ऋतु कनौजिया ( ६ ) , इन्दु बर्मा ( ६ ) र सरिता मगर ( ८ ) लाई सस्तैमा गुमाएको थियो।

चिनी बलर झांग स्यांगसुले सर्बाधिक ३ विकेट हात पार्दा ३ ओभरमा १ मेडन ओभर सहित १९ रन खर्चिन। अतिरिक्त रनको रुपमा नेपालले १९ रन पायो जसमा १३ वाइड रन सामेल थियो।

३ विकेट लिएकी सबनम राई प्लेयर अफ द म्याच घोषित भइन्

१०३ रन लक्ष पछ्याएको चिनले सुरुवात देखि लगातार विकेट गुमायो र १८.२ ओभरमा ५२ रन जोड्दा सबै विकेट गुमायो।

नेपालको लागि कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३/३ विकेट हात पारे। प्लेयर अफ द म्याच समेत चुनिएकि सबनमले ३ ओभरमा ७ रन खर्चिन् भने रुबिनाले ३ ओभरमा ११ रन खर्चिन्। यस्तै सिता राना मगरले २ तथा करुना भण्डारीले १ विकेट आफ्नो नाम गरिन्।

चिनको लागि हान लिलीले सर्बाधिक १५ तथा साई झूले १० रन योगदान दिनु बाहेक नेपालले दिएको अतिरिक्त १२ रन महत्वपूर्ण योगदान रह्यो।

( फिचर फोटो – फाइल )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy