नेपाललाई ९१ रनको लक्ष

  • विकेटनेपाल, मङ्सिर ४  

आईसीसी टि-२० बिश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत पहिलो खेलमा थाईल्याण्डसंग खेलीरहेको नेपालले टस जितेर पहिले बलिंग गर्दै थाइल्याण्डलाई पहिलो इनिंगमा ९० रनमा सिमित गरेको छ ।

थाईल्याण्डको टेर्द थाई मैदानमा टस जितेर नेपालले आयोजक थाईल्याण्डलाई पहिले ब्याटिंगको निम्तो दिएको थियो। पुरै २० ओभरमा थाईल्याण्डले ६ विकेट गुमाई ९० रन मात्रै बनाउन सक्यो। उसको लागि

नरुईमोल चाइवाईले सर्बाधिक  अविजित २३ रन प्रहार गरिन भने ओपनर नाट्टकन चनतमले  १८ रन बनाएर योगदान दिईन्। टिप्पोचले १५ तथा सुत्थीरुआंगले अविजित १३ रन बनाएका थिए ।

सरिता मगर

नेपालको लागि सरिता मगरले सर्बाधिक २ विकेट हात पारिन् भने रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट हात पारिन्।

नेपाल सहित आयोजक थाइल्याण्ड, हंगकंग, युएई र मलेसिया प्रतियोगितामा  सहभागी छन्। प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ।  नेपालको खेल तालिका 

( फिचर फोटो – फाइल )

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy