भारतबिरुद्ध नेपालको शानदार जित

Nepal U19 Cricket Team after beating India U19 cricket team

नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिमले टेस्ट रास्ट्र भारतको यु-१९ रास्ट्रिय क्रिकेट टिमलाई पराजित गरेको छ ।

मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको १८५ रनको लक्ष पछ्याउने क्रममा भारतले दोश्रो इनिंगमा मात्र १६६ रन बनाएपछि नेपालले खेल १९ रनले जितेको हो।

नेपालले कुनै पनि स्तरको क्रिकेटमा भारतलाई पराजित गरेको योनै पहिलो पटक हो। भारतीय टिम पुर्ब स्टार भारतीय क्रिकेटर राहुल द्रविडको प्रशिक्षणमा रहेको छ। नेपाली यु-१९ टिमले यो भन्दा अघि बंगलादेश, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रीका जस्ता टेस्ट रास्ट्रहरुलाई पराजित गरेको इतिहास छ।

नेपालले गत हफ्ता मात्रै बंगलादेशलाई मैत्रीपूर्ण सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको थियो।

दिपेन्द्र ऐरी

दोश्रो इनिंगमा लक्ष पछ्याउने क्रममा नेपाली बलर दिपेन्द्र ऐरीले सर्बाधिक ४ विकेट हात पारेका थिए।यस्तै पवन सर्राफले कसिलो बलिंग गर्दै १० ओभरमा २४ रन खर्चेर २ विकेट हात पारे ।

४८.१ ओभरमा अन्तिम विकेट दिलाएका शाहब आलमले २ विकेट लिने क्रममा ४.१ ओभरमा ११ रन खर्चिएका थिए । सन्दिप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट तथा र कमल सिंह ऐरीले पनि १/१ विकेट आफ्नो नाम गरेका थिए।

खेलको भिडियो 

Nepal beat India – Nepal vs India ( U19 Youth Asia Cup 2017 )

Nepal vs India Live

Posted by WicketNepal on Sunday, 12 November 2017

भारतीय ओपनर ब्याट्सम्यान हिमांशु रानाले ४६ तथा अर्का ओपनर मन्जोत कालराले ३५ रन बनाउदै राम्रो सुरुवात दिलाएका थिए। तर हमंशुलाई कमल सिंह ऐरीले पेभेलियन फर्काएपछि भारतको विकेट पतन सुरु भएको थियो।

नेपालको लागि कप्तान दिपेन्द्र ऐरीले उत्कृस्ट इनिंग खेल्ने क्रममा ८८ रनको योगदान दिए । उनले १०१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै नेपाललाई राम्रो स्कोरतर्फ डोर्याएका थिए। टेस्ट रास्ट्र बिरुद्ध दिपेन्द्रको यो मात्रै उत्कृस्ट प्रदर्शन भने हैन । अन्तिम पटक श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा ऐरीले ९० रनको इनिंग खेलेपनि जितबाट नेपाल मात्र १ रनले चुकेको थियो।

बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गर्यो । आसिफ शेख ३, अनिल साह ६ रन बनाएर आउट भएपछि नेपालले पहिलो २ विकेट २८ रनको स्कोरमा गुमाएको थियो । त्यसपछि ब्याटिंग गर्न आएका ऐरीले ओपनर जितेन्द्र सिंह ठकुरीसंग तेश्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै नेपालको इनिंग अघि बढाएका थिए । जितेन्द्र ३६ रन बनाएर २८ औं ओभरमा आउट भए जसले ९५ बलमा ३ चौका प्रहार गरेका थिए ।

त्यसपछि दिपेन्द्र ऐरीले एउटा किनार सम्हालीरहे। रोहित पौडेल ६ , भिम शार्की १५ तथा पवन सर्राफ १ रन बनाएर आउट भएका थिए।

शतकबाट १२ रनले चुक्दै इनिंगको ४९ औं ओभरमा आउट भएका ऐरीलाई मन्दिप सिंहले पेभेलियन पठाएका थिए। भारतीय टिमको लागि बलर अभिषेक शर्मा र आदित्य ठाकरेले २/२ विकेट दिलाएका थिए। नेपालले अतिरिक्त रनको रुपमा ९ रन पायो।

Shahab Alam
फाइल फोटो





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]