अमेरिकाको घरेलु मैदानमा नेपालको क्लिन स्विप, सोमपाल प्लेयर अफ द सिरिज

घरेलु टोलि अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

क्यानडा भ्रमणमा लगातार खराब प्रदर्शन गरेको नेपाली टिमले अमेरिका विरुद्ध शानदार प्रदर्शनसंगै आगामी विश्वकप लिग-२ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लय भेटाउने अपेक्षा गरिएको छ। अमेरिका विरुद्ध दोश्रो खेल सुपर ओभरमा जितेको नेपालले पहिलो खेल १७ रनले विजयी भएको थियो। अमेरिका विरुद्ध नेपालले खेलेको पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज हो।

डलास स्थित ग्राण्ड प्रेरिमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले ८ बल बाँकी रहँदै २ विकेट गुमाएर भेटायो।

नेपालको ब्याटिंगमा ओपनर आसिफ शेखले अर्धशतकीय योगदान दिए जुन क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। ५२ खेलमा आसिफको यो बाह्रौं टि-ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक हो। उनको नाममा एउटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय शतक रहेको छ।

ओपनर अनिल साह १३ रन बनाएर आउट भएपछि आसिफले दोश्रो विकेटको लागि कुशल भुर्तेलसंग ५० रनको साझेदारी गरे। आसिफ एघारौं ओभरमा आउट भएपछि भुर्तेल र कुशल मल्लले अविजित ७४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। मल्लले ३० बलमा ४ चौका र १ छक्का मद्दतले ४४ रन तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का मद्दतले ४० रन बनाए।

आसिफ शेखले अर्धशतक बनाए

यस अघि टस जितेर ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनायो। उसको लागि ओपनर साइतेजा मुक्कामल्लाले ६८ रन बनाए। उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। मिलिन्द कुमारले ४३ रन बनाए।

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २७ रन खर्चिए। रिजन ढकाल र ललित राजबंशीले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच आसिफ शेख घोषित हुँदा प्लेयर अफ द सिरिज सोमपाल कामि घोषित भए। सोमपाल पहिलो खेलमा विकेट विहिन रहंदा दोश्रो खेलमा २ विकेट लिएका थिए भने तेश्रो खेलमा ३ विकेट लिए।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पछि नेपालले अब अमेरिका र स्कटल्याण्डसंग आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। नेपालले पहिलो खेल अमेरिकासंग अक्टोबर २७ तरिखमा खेल्नेछ। त्यसपछि २९ अक्टोबरमा स्कटल्याण्डसंग, नोभेम्बर २ मा अमेरिकासंग तथा नोभेम्बर ४ मा स्कटल्याण्डसंग खेल्ने तालिकाछ।





थप समाचार

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]