बलरहरु घातक सावित हुँदा नेपालद्वारा ओमान पराजित

ब्याटिंग नचलेता पनि शानदार बलिंग प्रदर्शन गरेपछि आयोजक ओमानलाई ३९ रनले पराजित गर्दै टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बलियो ओमानसंग जितसंगै नेपालले सेमीफाइनल सम्भावना समेत बलियो बनाएको छ।

अल अमिरात मैदानमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

अत्यन्त खराब सुरुवात गरेको ओमानले पहिलो ६ विकेट ३५ रनको स्कोरमै गुमाउन पुग्यो। ओमान ओपनर कश्यप प्रजापति खाता नखोली कमल सिंह ऐरीबाट पहिलो ओभरमा क्याच आउट भए। ३ रन बनाएर आयान खान जितेन्द्र मुख्यबाट लगत्तै ओभरमा विकेटपछाडी समेटिन पुगे। ९ रन बनाएका ओपनर जतिंदर सिंह दिपेन्द्र ऐरीबाट रन आउट हुन पुगे। सातौँ ओभरमा खवर अलिलाई कप्तान सन्दिप लामिछानेले बोल्ड गरे। कप्तान जिशान मक्सुद पनि मात्र २ रन बनाएर दिपेन्द्र ऐरीबाट क्याच आउट भए। त्यसपछि नसिम खुसिले १८ बलमा २ छक्का र १ चौका मद्दतले २४ रन बनाउदै जिततर्फ डोर्याउने प्रयास गरे। तर कप्तान सन्दिपले तेह्रौं ओभरमा खुसिलाई बोल्ड गर्दै नेपाललाई खेलमा हावी गराए। ६६/६ को अवस्थाबाट ओमनाले थप १२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिंगमा कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट ( ३-०-१५-३ ) लिए भने सन्दिप लामिछाने ( ४-०-२०-२ ) र दिपेन्द्र सिंह ऐरीले ( ४-०-१५-२ ) समान दुई विकेट लिए। जितेन्द्र मुखिया ( ३-०-९-१ ) र अविनाश बोहराले ( ३-०-११-१ ) ले समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा विकेट ७ क्षेतीमा ११७ रन बनाएको थियो।

नेपालको सुरुवात खराब रह्यो। पहिलो ओभरमा आसिफ शेख ५ रन र तेश्रो ओभरमा कुशल भुर्तेल ४ रन बनाएर बिलाल खानबाट विकेटपछि क्याच आउट भए। त्यसपछि सातौँ ओभरमा १५ रन बनाएका ज्ञानेन्द्र मल्ल फयाज बटबाट बोल्ड भए। १८ बलमा ११ न बनाएका दिपेन्द्र ऐरी नवौं ओभरमा जिशान मक्सुदबाट स्टम्प आउट भए। नेपाल ४०/४ को अवस्थामा पुग्यो। आरिफले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट निरन्तर गुम्यो।

पाँचौ विकेटको लागि आरिफ शेख र लोकेश बमले २७ रन जोडे। लोकेश १६ रन बनाएर चौधौं ओभरमा खवर अलिबाट क्याच आउट भए। १६ औं ओभरमा अलिले ७ रन बनाएका विवेक यादवलाई पनि क्याच आउट पारे। अलिले कमल सिंह ऐरीलाई पनि क्याच आउट पारे।

इनिंग्सको अन्तिम दुई ओभरमा सन्दिप लामिछानेले आक्रामक सट खेल्दै योगफल सय पार गरे। अन्तिम बलमा आउट हुनु अघि आरिफ शेखले ३७ बलमा २ चौका मद्दतले ३८ रन बनाए। अविजित रहेका सन्दिपले ७ बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए।

ओमानका बलर खवर अलिले तिन विकेट लिंदा बिलाल खानले दुई तथा फयाज बट र जिशान मक्सुदले समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल फिलिपिन्ससंग शनिवार खेल्नेछ। खेल नेपाली समय ११:४५ बजे सुरु हुनेछ। यस्तै तेश्रो खेल नेपालले क्यानडासंग खेल्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]