नेपालको पहिलो खेल पाकिस्तानसंग

Sita Rana Magar

नोभेम्बर २६ देखि ४ डिसेम्बर सम्म थाईल्याण्डमा आयोजना हुने महिला एसिया कप प्रतियोगिको पहिलो खेलमा नेपालको भेट टेस्ट क्रिकेट रास्ट्र पाकिस्तानसंग हुने भएको छ l

एसियन क्रिकेट काउन्सिल द्वारा आयोजना हुने प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र आयोजक थाईल्याण्ड सहभागी हुँदैछन् l

गत महिना हंगकंगमा सम्पन्न महिला विश्वकप छनौटको एसिया छनौट प्रतियोगिताको दोश्रो स्थान हात पार्दै नेपाल महिला एसिया कप खेल्न छनौट भएको थियो l प्रतियोगितामा प्रथम भएको थाईल्याण्ड आयोजकको हिसाबले पहिलेनै प्रतियोगिताको लागि छनौट भएको थियो llogo378

टि-२० फर्म्याटमा खेलाइने प्रतियोगितामा नोभेम्बर २६ मा पाकिस्तान संग पहिलो खेल खेल्ने नेपालले त्यसपछि नोभेम्बर २८ मा श्रीलंका, नोभेम्बर २९ मा बंगलादेशडिसेम्बर २ मा भारत संग प्रतिस्पर्धा गर्नेछ l

राउण्ड रोबिन अन्तर्गत खेलिने प्रतियोगिताको अंक तालिकामा शिर्ष स्थानमा रहने २ टोलि बीच फाईनल खेल डिसेम्बर ४ तारिकमा खेलिनेछ l

 

यो पनि पढ्नुस : 

“बिश्वकप खेल्न पाएको जस्तो महसुस भएको छ” कप्तान रुबिना क्षेत्री

 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]