नेदरल्यान्ड्सविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा मंगलबार बेलुका छैटौं खेल हुदैछ ।

नवौं संस्करणको विश्वकपको छैटौं खेलमा समूह डी मा रहेका नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार मंगलबार बेलुका सवा नौ मा अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुदैछ ।

दश वर्ष पछि विश्वकपमा स्थान बनाएको नेपाल नेदरल्यान्ड्ससँगको खेल जित्दै आफ्नो दोस्रो विश्वकपको सुरुआत बलियो बनाउँन चाहन्छ । यसका लागि नेपाल आफ्नो बलियो प्लेईङ-११ को साथ मैदान उत्रने सम्भावना छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुने सम्भावना छ ।

ओपनर जोडिका रुपमा कुशल भुर्तेल र आसिफ शेखको जोडिले निरन्तरता पाउने सम्भावना रहेको छ । कुशल र आसिफको जोडिबाट उत्कृष्ठ सुरुआतको अपेक्षामा टिम रहने छ । शेखलाई विकेट किपरको भुमिकामा देखिदा कुशलले लेगस्पिन बलिङको जिम्मेवारी सम्हाल्न पर्नेछ ।

तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेललाई देख्ने सम्भावना रहेको छ । ब्याटिङमा पौडेलबाट कप्तानी ईनिङका साथ केही ओभर बलिङको समेत अपेक्षामा टिम रहेको छ । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीको सम्भावना रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा ऐरीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षमा टिम नेपाल रहेको छ ।

पाँचौ नम्बरमा सन्दीप जोराको सम्भावना रहेको छ । मध्येक्रमको ब्याटिङमा जोराबाट बलियो अपेक्षा रहँदा उनको आक्रामक फिल्डिङको अपेक्षामा टिम रहने छ । छैटो स्थानमा कुशल मल्लको सम्भावना छ । आक्रामक ब्याटिङका लागि चिनिने मल्लको आक्रमक प्रदर्शनको अपेक्षामा टिम रहने छ । मल्लबाट केही ओभर स्पिन बलिङ को समेत विकल्प रहने छ ।

सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना रहेको छ । तल्लो क्रममा आएर उत्कृष्ट ब्याटिङ क्षमता राख्ने झाबाट यस खेलमा पनि सोहि आक्रमकताको खोजिमा टिम रहने छ । झा तीव्र गतिको बलिङ विकल्पका रुपमा रहेका छन् ।

आठौं र नवौं नम्बरमा तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको सम्भावना छ । यि दुवै बलरमा तल्लो क्रममा ब्याटिङ गर्दै राम्रो हिटिङको क्षमता समेत रहेको छ । दशौं नम्बरमा सागर ढकालको सम्भावना रहेको छ । नेपालको स्पिन बलिङको नेतृत्व गर्ने सागरबाट बलिङमा राम्रो प्रदर्शनको अपेक्षा रहेको छ ।

एघारौं नम्बरमा तीव्र गतिका बलर अभिनास बोहराको सम्भावना रहेको छ । डेथ ओभरका लागि परिचित बोहरालाई डेथ ओभरमा नेपालले पछिल्लो समयमा व्यहोरि रहेको धेरै रनको समस्या हटाउने चुनौती छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सागर ढकाल र अभिनास बोहरा





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]