पुलिसले जित्यो सुपर-८ क्रिकेटको उपाधि

nepal police club

नेपालमै पहिलो पटक आयोजना भएको खुकुरी-देबिबास  सुपर-८ क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ l

फाइनल खेलमा पुलिसले टिप-टपलाई ३ विकेटले पराजित गर्दै उपाधि सहित १ लाख रुपैया हात पार्यो l उपविजेता टिपटपले ५० हजार रुपैया पायो l

प्रतियोगिताको म्यान अफ द सिरिज पुलिसका मन्जित श्रेष्ठ घोषित भए जसले २५,००० रुपैया प्राप्त गरे l उनले प्रतियोगिताभर १४९ रन बनाउनुको साथै ११ विकेट समेत लिएका थिए l यस्तै उत्कृस्ट ब्याट्सम्यान सोनु तामांग ( टिप-टप ) तथा उत्कृस्ट बलर ललित राजबंशी ( नेपाल पुलिस क्लब ) घोषित भए जसले रु. १० हजार प्राप्त गरे l सोनुले प्रतियोगितामा कुल १२५ रन बनाएका थिए भने ललितले कुल १० विकेट लिएका थिए l

फाइनल खेलमा टस जितेर ब्याटिंग गरेको टिप-टपले निर्धारित ७ ओभरको इनिंगमा ५ विकेट गुमाई ७८ रनको योगफल बनायो l शुबेन्दु पाण्डेले २ चौका र २ अट्ठा मदतले ११ बलमा सर्बाधिक २६ तथा प्रशन्न शाक्यले १ चौका र २ अट्ठा मदतले १२ बलमा २४ रनको योगदान दिए l बलिंग तर्फ पुलिसका मन्जित श्रेष्ठले २ ओभरमा १३ रन दिंदै ३ विकेट तथा कुशल भुर्तेलले २ ओभरमा ९ रन खर्चदै २ विकेट हात पारे l

manjeet shrestha
मन्जित श्रेष्ठ

जवाफमा ७९ रनको लक्ष पछ्याएको पुलिसले २ बल बाँकी छदै ५ विकेट गुमाई लक्ष पुरा गर्यो l पुलिसको लागि शंकर रानाले ३२ रन तथा कुशल भुर्तेलले २० रन योगदान दिए l शंकरले २२ बलमा १ चौका र २ अट्ठा प्रहार गरे भने कुशलले ९ बलमा २ अट्ठा प्रहार गरे l टिप-टपका बलर प्रकाश बिस्टले ३ विकेट लिएपनि जितको लागि पर्याप्त भएन l

यस अघि शनिबारनै सम्पन्न पहिलो सेमी-फाइनलमा टिपटपले नागर्जुना क्रिकेट क्लबलाई २ रनले पराजित गरेको थियो भने दोश्रो सेमी-फाइनलमा पुलिसले स्टर्म ब्राण्ड एक्टिभेसनलाई ८ रनले पराजित गरेको थियो l

१२ टोलिले सहभागिता जनाएको प्रतियोगिता खुकुरी इन्टरटनमेन्ट र देभिवास इभेनटस एण्ड मिडिया प्रालीको संयुक्त आयोजनामा संचालन भएको हो l प्रतियोगिता चैत १५ देखि सुरु भएको थियो l





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]