एपीएफलाई पराजित गर्दै पुलिस फाइनलमा

  • विकेटनेपाल- २२ जेठ

शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कपको फाइनल प्रवेश गरेको छ l  ( स्कोरकार्ड )

वर्षाले प्रभावित खेलमा पुलिसले एपीएफलाई डिएल मेथडको आधारमा ३४ रनले पराजित गरेको हो l अब मंगलबार हुने दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल बीचको खेलको बिजेतासंग बुधबार पुलिसले फाइनलमा प्रतिस्पर्धा गर्नेछ l

टस हारेर टियु मैदानमा ब्याटिंग गरेको पुलिसले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट नोक्सानीमा २५२ रनको स्कोर बनायो l ओपनर सुनिल धमला ( २६ ) र अमित श्रेष्ठ ( २६ ) ले पहिलो विकेटको लागि ६७ रनको योगदान दिंदै पुलिसलाई राम्रो सुरुवात दिलाएका थिए l १५ औ ओभरमा अफ स्पिनर ज्ञानेन्द्र मल्लले दुवै ओपनरलाई पेभेलियन फर्काएपछि ६८/२ को स्थितिबाट तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका कुशल भुर्तेलले चौथो विकेटको लागि दिपेन्द्र ऐरीसंग ६८ रनको साझेदारी गर्दै पुलिसको इनिंग उकासेका थिए l

कुशलले ६९ बलको इनिंगमा ४ चौका र १ छक्का प्रहार गरे जो अरुण ऐरीको बलमा ३३ औ ओभरमा आउट भए l दिपेन्द्र ऐरीले भुवन कार्कीको बलमा एलबिडब्लु हुनु अघि ३७ रन योगदान दिए l  नवौ नम्बरमा ब्याटिंग गर्न आएका सिद्धान्त लोहनीले अन्तिममा ४० रनको इनिंग खेल्दै पुलिसलाई ठुलो स्कोरतर्फ लागेका थिए l लोहनीले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे l पुलिसको लागि कप्तान मन्जित श्रेष्ठले २२ तथा दिलिप नाथले १३ रन योगदान दिएका थिए l

एपीएफ बलर अनिल साहले ३, ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले २-२ विकेट हात पारेका थिए l

जवाफमा ब्याटिंग गरेको एपीएफले २८ औ ओभरमा ६ विकेट नोक्सानीमा १३८ रनको स्कोर गर्दा वर्षाले खेल रोकिन पुगेको थियो l त्यसपछि खेल सुचारु नहुँदा डिएल पार स्कोरमा पछि पर्दै एपीएफले ३४ रनको हार बेहोर्न पुग्यो l

एपीएफको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्बाधिक ४५ रन योगदान दिए जुन क्रममा ३५ बल सामना गरि ३ चौका र ३ छक्का प्रहार गरे l एपीएफ ओपनर सुबास खकुरेल १७, सन्दिप सुनार ३६, आसिफ शेख १६ तथा पृथु बास्कोटा १९ रनमा आउट भएका थिए l

कप्तान ज्ञानेन्द्र मल्लले पार स्कोरमा अघि बढ्न आक्रामक ब्याटिंग गरे पनि उनको प्रयास सफल हुन सकेन l पुलिस बलर ललित राजबंशीले १० ओभरमा मात्र ३१ रन खर्चदै ३ विकेट लिनु एपीएफको लागि बाधा बनेको थियो l

खेलको म्यान अफ द म्याच कुशल भुर्तेल घोषित भए l





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]