नेपाल पुलिसलाई उपाधि ( भिडियो सहित )

Nepal Police Club Ruslan Cup Winner

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले लगातार दोश्रो पटक रुस्लान कप क्रिकेटको उपाधि जितेको छ।

स्कोरकार्ड 

मंगलबार टियु मैदानमा सम्पन्न फाइनल खेलमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि सहित ३ लाख रुपैया हात पार्यो। उपविजेता आर्मीले २ लाखमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी पुलिसका सुनिल धमला, उत्कृस्ट ब्याट्सम्यान आर्मीका सागर पुन, उत्कृस्ट बलर आर्मीका जितेन्द्र मुखिया घोषित भए।

टस हारेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट नोक्सानीमा १४२ रन बनायो l कप्तान बिनोद भण्डारीले सर्बाधिक ४० र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए। ललित सिंह भण्डारी र कुशल भुर्तेलले २/२ विकेट हात पारे।

प्रतिउत्तरमा पुलिसले १ ओभर बाँकी रहँदै लक्ष ६ विकेट गुमाएर पुरा गर्यो l दिपेन्द्र ऐरीले अविजित ४२ रन तथा कुशल भुर्तेलले ३४ रनको योगदान दिएपछि पुलिसको जित सहज बन्यो। ओपनर दिलिप नाथले २४ रन बनाए। आर्मी बलर बिक्रम सोब र जितेन्द्र मुखियाले २/२ विकेट हात पारे।

फाइनल खेलको हाइलाइट 





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]