नेपाल पुलिसलाई उपाधि ( भिडियो सहित )

२०७३ माघ ५, बुधबार ००:००

Nepal Police Club Ruslan Cup Winner

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले लगातार दोश्रो पटक रुस्लान कप क्रिकेटको उपाधि जितेको छ।

स्कोरकार्ड 

मंगलबार टियु मैदानमा सम्पन्न फाइनल खेलमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि सहित ३ लाख रुपैया हात पार्यो। उपविजेता आर्मीले २ लाखमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी पुलिसका सुनिल धमला, उत्कृस्ट ब्याट्सम्यान आर्मीका सागर पुन, उत्कृस्ट बलर आर्मीका जितेन्द्र मुखिया घोषित भए।

टस हारेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट नोक्सानीमा १४२ रन बनायो l कप्तान बिनोद भण्डारीले सर्बाधिक ४० र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए। ललित सिंह भण्डारी र कुशल भुर्तेलले २/२ विकेट हात पारे।

प्रतिउत्तरमा पुलिसले १ ओभर बाँकी रहँदै लक्ष ६ विकेट गुमाएर पुरा गर्यो l दिपेन्द्र ऐरीले अविजित ४२ रन तथा कुशल भुर्तेलले ३४ रनको योगदान दिएपछि पुलिसको जित सहज बन्यो। ओपनर दिलिप नाथले २४ रन बनाए। आर्मी बलर बिक्रम सोब र जितेन्द्र मुखियाले २/२ विकेट हात पारे।

फाइनल खेलको हाइलाइट 

https://www.youtube.com/watch?v=JOVilXYFvoY

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy