भारतसंग हार्दा नेपालले राख्यो यस्तो रेकर्ड

nepal vs india womens

बिराट राय , विकेटनेपाल
१७ मङ्सिर

एसीसी टि-२० कपमा कम्तिमा एउटा टेस्ट टिमलाई पराजित गर्ने लक्ष सहित गत हफ्ता थाईल्याण्ड पुगेको नेपाली महिला टिमले टेस्ट टिमलाई हराउने लक्ष त परको कुरा प्रतियोगितामा जितबिहिन घर फर्किने भएको छ l

शुक्रबार भारतसंग अन्तिम खेलमा साख जोगाउने थोरै आशालाई निराशामा बदल्दै महिला टिमले इतिहासकै खराब क्रिकेट खेल्यो l भारतसंग ९९ रनले जित सुम्पेको नेपाली टिमले आफ्नै रेकर्ड तोड्यो l  ( स्कोरकार्ड , अंक तालिका

भारतले दिएको १२१ रनको लक्ष पछ्याएको नेपाली टिम २१ रनमै समेटिएपछि प्रतियोगितामै श्रीलंका संगको खेलमा बनाएको कुल २३ रनको टिम योगफलको आफ्नो रेकर्ड नेपालले तोड्यो l २१ रन टिम योगफल महिला टिमले २००७ देखि खेलेको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम हो l श्रीलंका संगको खेलमा नेपालले बंगलादेश संग २६ रन कुल योगफलको रेकर्ड तोडेको थियो l

प्रतियोगितामा नेपालले खेलेको ५ वटा खेल मध्ये थाईल्याण्डसंगको खेलमा मात्रै ५० रन कुल योगफल कटाउन सक्यो l थाईल्याण्डसंग ६३ रन बनाउन सकेको नेपालले पाकिस्तानसंग ४७, श्रीलंकासंग २३, बंगलादेशसंग ४१ र भारतसंग २१ रन मात्र बनाउन सक्यो l

अन्तिम खेलमा टस जितेर नेपालले पहिले ब्याटिंग गर्ने निम्तो दिएपछि भारतले पहिलो इनिंगमा ५ विकेट नोक्सानीमा १२० रन बनायो l ब्याटिंग भन्दा तुलनात्मक रुपमा राम्रो बलिंग गरेको नेपालको लागि कप्तान रुबिना क्षेत्रीले २ विकेट तथा सिता मगर र करुना भण्डारीले १/१ विकट हात पारे l

छुटाउनु भयो कि ? सन्दिप लामिछानेलाई शेन वार्नको ‘कल’

रुबिनाले भारतीय ओपनर सब्भीनेनी मेघना र भेल्लास्वामी भनिथाको विकेट लिंदा भारतले पहिलो २ विकेट २९ रनमै गुमाएको थियो l त्यसपछि पनि निरन्तर अन्तरालमा विकेट गुमाएको भारत चौधौ ओभरमा ६९/५ को अवस्थामा थियो l त्यसपछि शिखा पाण्डेले अविजित ३९ र हर्मनप्रित कौरले अविजित १४ रन बनाउदै निर्धारित २० ओभरमा १२०/५ को अवस्थामा पुर्याएका थिए l

प्रतिउत्तरमा ब्याटिंग गरेको नेपालले खराब ब्याटिंग गर्यो l भारतले दिएको ७ अतिरिक्त रननै नेपालको कुल योगफलमा सर्बाधिक योगदान बन्दा नेपाली टिमले १६.३ ओभरमा २१ रनमै सबै विकेट गुमायो l

नेपालको लागि सरिता मगरले सर्बाधिक ६ रन बनाईन् l ओपनर द्वय ज्योति पाण्डे र सिता राना मगर क्रमशः २ र १ रनमा पेभेलियन फर्किए l सरिता मगर ६, रोशनी बोहरा १,  रुबिना क्षेत्री २, करुना भण्डारीले २ रन बनाउनु बाहेक अन्य नेपाली खेलाडीहरुले रनको खाता खोल्न सकेनन् l

भारतीय बलर पूनम यादबले सर्बाधिक ३ विकेट लिन ३ ओभरमा ९ रन खर्चिन् भने मेघनाले २ विकेट हात पार्न ३ ओभरमा १ मेडन ओभर सहित मात्र ३ रन खर्चेकी थिईन् l अन्जु पाटिलले २ विकेट हात पार्दा ३.३ ओभरमा कुनै पनि रन दिईनन् l

भारत संगको हार संगै नेपाल प्रतियोगिताको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ l प्रतियोगितामा नेपालले पाकिस्तानसंग ९ विकेटले,  श्रीलंका संग ८ विकेटले, बंगलादेशसंग ९२ रनले र थाईल्याण्डसंग ८ विकेटको हार बेहोर्यो l

हंगकंगमा गत महिना सम्पन्न एसिया क्षेत्रको महिला बिश्वकप छनौट छनौटमा दोश्रो स्थान हातपार्दै नेपाल महिला एसिया कप खेल्न छनौट भएको थियो l

( स्कोरकार्ड , अंक तालिका )   , ताजा नेपाली क्रिकेटको खबरको लागि  विकेटनेपाल फेसबुक पेज लाइक गर्नुस l  

 यो पनि पढ्नुस है :-  

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]