भारतसंग हार्दा नेपालले राख्यो यस्तो रेकर्ड

बिराट राय , विकेटनेपाल
१७ मङ्सिर

एसीसी टि-२० कपमा कम्तिमा एउटा टेस्ट टिमलाई पराजित गर्ने लक्ष सहित गत हफ्ता थाईल्याण्ड पुगेको नेपाली महिला टिमले टेस्ट टिमलाई हराउने लक्ष त परको कुरा प्रतियोगितामा जितबिहिन घर फर्किने भएको छ l

शुक्रबार भारतसंग अन्तिम खेलमा साख जोगाउने थोरै आशालाई निराशामा बदल्दै महिला टिमले इतिहासकै खराब क्रिकेट खेल्यो l भारतसंग ९९ रनले जित सुम्पेको नेपाली टिमले आफ्नै रेकर्ड तोड्यो l  ( स्कोरकार्ड , अंक तालिका

भारतले दिएको १२१ रनको लक्ष पछ्याएको नेपाली टिम २१ रनमै समेटिएपछि प्रतियोगितामै श्रीलंका संगको खेलमा बनाएको कुल २३ रनको टिम योगफलको आफ्नो रेकर्ड नेपालले तोड्यो l २१ रन टिम योगफल महिला टिमले २००७ देखि खेलेको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम हो l श्रीलंका संगको खेलमा नेपालले बंगलादेश संग २६ रन कुल योगफलको रेकर्ड तोडेको थियो l

प्रतियोगितामा नेपालले खेलेको ५ वटा खेल मध्ये थाईल्याण्डसंगको खेलमा मात्रै ५० रन कुल योगफल कटाउन सक्यो l थाईल्याण्डसंग ६३ रन बनाउन सकेको नेपालले पाकिस्तानसंग ४७, श्रीलंकासंग २३, बंगलादेशसंग ४१ र भारतसंग २१ रन मात्र बनाउन सक्यो l

अन्तिम खेलमा टस जितेर नेपालले पहिले ब्याटिंग गर्ने निम्तो दिएपछि भारतले पहिलो इनिंगमा ५ विकेट नोक्सानीमा १२० रन बनायो l ब्याटिंग भन्दा तुलनात्मक रुपमा राम्रो बलिंग गरेको नेपालको लागि कप्तान रुबिना क्षेत्रीले २ विकेट तथा सिता मगर र करुना भण्डारीले १/१ विकट हात पारे l

छुटाउनु भयो कि ? सन्दिप लामिछानेलाई शेन वार्नको ‘कल’

रुबिनाले भारतीय ओपनर सब्भीनेनी मेघना र भेल्लास्वामी भनिथाको विकेट लिंदा भारतले पहिलो २ विकेट २९ रनमै गुमाएको थियो l त्यसपछि पनि निरन्तर अन्तरालमा विकेट गुमाएको भारत चौधौ ओभरमा ६९/५ को अवस्थामा थियो l त्यसपछि शिखा पाण्डेले अविजित ३९ र हर्मनप्रित कौरले अविजित १४ रन बनाउदै निर्धारित २० ओभरमा १२०/५ को अवस्थामा पुर्याएका थिए l

प्रतिउत्तरमा ब्याटिंग गरेको नेपालले खराब ब्याटिंग गर्यो l भारतले दिएको ७ अतिरिक्त रननै नेपालको कुल योगफलमा सर्बाधिक योगदान बन्दा नेपाली टिमले १६.३ ओभरमा २१ रनमै सबै विकेट गुमायो l

नेपालको लागि सरिता मगरले सर्बाधिक ६ रन बनाईन् l ओपनर द्वय ज्योति पाण्डे र सिता राना मगर क्रमशः २ र १ रनमा पेभेलियन फर्किए l सरिता मगर ६, रोशनी बोहरा १,  रुबिना क्षेत्री २, करुना भण्डारीले २ रन बनाउनु बाहेक अन्य नेपाली खेलाडीहरुले रनको खाता खोल्न सकेनन् l

भारतीय बलर पूनम यादबले सर्बाधिक ३ विकेट लिन ३ ओभरमा ९ रन खर्चिन् भने मेघनाले २ विकेट हात पार्न ३ ओभरमा १ मेडन ओभर सहित मात्र ३ रन खर्चेकी थिईन् l अन्जु पाटिलले २ विकेट हात पार्दा ३.३ ओभरमा कुनै पनि रन दिईनन् l

भारत संगको हार संगै नेपाल प्रतियोगिताको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ l प्रतियोगितामा नेपालले पाकिस्तानसंग ९ विकेटले,  श्रीलंका संग ८ विकेटले, बंगलादेशसंग ९२ रनले र थाईल्याण्डसंग ८ विकेटको हार बेहोर्यो l

हंगकंगमा गत महिना सम्पन्न एसिया क्षेत्रको महिला बिश्वकप छनौट छनौटमा दोश्रो स्थान हातपार्दै नेपाल महिला एसिया कप खेल्न छनौट भएको थियो l

( स्कोरकार्ड , अंक तालिका )   , ताजा नेपाली क्रिकेटको खबरको लागि  विकेटनेपाल फेसबुक पेज लाइक गर्नुस l  

 यो पनि पढ्नुस है :-  

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy