नेपाल एसिया कप खेल्न छनौट

Jyoti Pandey

नेपाल महिला बिश्वकप छनौट एसिया छनौट प्रतियोगितामा दोश्रो हुँदै महिला एसिया कप प्रतियोगिता खेल्न छनौट भएको छ

प्रतियोगिताको अन्तिम दिन आज नेपालले चिनलाई पराजित गर्दै कुल ६ अंकको साथ अंकतालिकाको दोश्रो स्थानमा रह्यो भने हंगकंगलाई थाईल्याण्डले पराजित गरेपछि चिन र हंगकंगले ४/४ अंक मात्र बटुल्दै तेश्रो र चौथो स्थानमा रह्यो l   हेर्नुस अंक तालिका 

थाईल्याण्डमा २०१६ अन्तिममा आयोजना हुने महिला एसिया कप प्रतियोगितामा आयोजकको रुपमा थाईल्याण्ड खेल्ने छ भने नेपाल प्रतियोगितामा दोश्रो भएपछि छनौट भएको हो l महिला एसिया कप प्रतियोगितामा टेस्ट रास्ट्रका टोलिहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश सहित नेपाल र थाईल्याण्डले प्रतिस्पर्धा गर्नेछन् l

बिश्वकप छनौट प्रतियोगिताको लागि छनौट हुने लक्ष भने नेपाली टिमको पुरा हुन सकेन l १ खेल अघिनै प्रतियोगिताको नम्बर १ टोलि हुने पक्का गरेको थाईल्याण्डले अन्तिम खेलमा हंगकंगलाई पराजित गर्दै ६ मध्ये ५ खेलमा जित हात पार्दै ग्लोबल छनौट प्रतियोगिताको लागि छनौट भयो l

प्रतियोगिताको पहिलो २ खेलमा हंगकंग र थाईल्याण्ड संग पराजित नेपालले त्यसपछि २ खेलमा चिन र हंगकंगलाई पराजित गरेपनि थाईल्याण्ड संग १ विकेटले हार्नु दुर्भाग्य साबित हुनपुग्यो l

14670769_10154493504682165_6688453846668474837_n

अन्तिम खेलमा नेपालले चिनलाई ४ विकेटले पराजित गर्यो l  हेर्नुस स्कोरकार्ड 

मोंगकक मैदानमा टस जितेर ब्याटिंग गरेको चिनले पहिलो इनिंगमा पुरा २० ओभर ब्याटिंग गर्दै ६ विकेट नोक्सानीमा ८५ रन बनायो l ओपनर फेंगफेंगले ३४ तथा जो मियाओले १८ रन बनाउनु बाहेक अन्य चिनी ब्याट्सउमनहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् l

कप्तान रुबिना क्षेत्रीले २ विकेट तथा निर्मला शाही र  करुणा  भण्डारीले १/१ विकेट हात पारे l

प्रतिउत्तरमा नेपालले १७.३ ओभरमा ६ विकेट गुमाई लक्ष पुरा गर्यो l नेरी थापाले २२ तथा ओपनर सिता राना मगरले २० रन योगदान दिएपछि नेपालको जित सहज भयो l

१० रनको स्कोरमा २ विकेट गुमाएपछि सिता राना मगरले इनिंग सम्हालेकि थिईन् l सिताको विकेट पछि नेरी थापाले जिम्मेवारी सम्हाल्दै नेपाली इनिंगलाई जित नजिक पुर्याईकि थिईन् l कप्तान रुबिना क्षेत्रीले  चौका प्रहार गरि नेपाललाई जिताएकि थिईन् l २ विकेट र  १३ रन बनाउदै रुबिना प्लेयर अफ द म्याच घोषित भईन् l

 

फोटोमा हेर्नुस नेपाली टिमको जित 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]