यस्तो छ महिला एसिया कप खेल्ने नेपाली टिम

नोभेम्बर २६ देखि थाईल्याण्डमा सुरु हुने महिला एसिया कप २०१६ प्रतियोगितामा सहभागी हुने १५ सदस्यीय नेपाली टिम घोषणा भएको छ l

रुबिना क्षेत्रीको कप्तानी रहने टिममा संगीता राईले पहिलो पटक रास्ट्रिय टिममा नाम लेखाएकी छिन् भने सोभा आलेले टोलिमा कमब्याक गरेकी छिन् l

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ), सिता रानामगर, सोभा आले, नेरी थापा मगर, निरा राजोपाध्याय, रोशनी बोहरा, सबनम राई, संगीता राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी र सरिता मगर 

निर्मला शाही
निर्मला शाही

गत महिना हंगकंगमा सम्पन्न एसिया क्षेत्रको महिला बिश्वकप छनौट प्रतियोगितामा नेपालको लागि दोश्रो सर्बाधिक रन बनाउने निर्मला शाही भने नेपाली टिममा हुने छैनन् l बन्द सत्रमा समेत अनुपस्थित शाहीको ग्रोइन् इन्जुरीको कारण ठिक हुन अझै ३ हफ्ता लाग्ने हुनाले टोलिमा समावेसी गर्न नसकिएको बताईएको छ l शाहीले हंगकंगमा कुल ९३ रन बनाउनुको साथै ८ विकेट पनि लिएकी थिईन l

क्रिकेट संघ प्रमुख कार्यकारी अधिकारी छुम्बी लामाले विकेटनेपाललाई बताए अनुसार भारतीय रेलवेमा जागिरे उनि त्यहाँ बाट बिदा लगायत प्रक्रिया पुरा गर्नपर्ने हुनाले बन्दसत्र आउन ढिला भएको थियो l त्यस लगत्तै भारतमै खेल खेल्दा उनको ग्रोइन् इन्जुरी भएको थियो l

नेपाली टिमको छनौट रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा, महिला रास्ट्रिय टिम प्रशिक्षक राजु बस्नेत र टिम कप्तान रुबिना क्षेत्रीको टिमले गरेको हो l गत महिना हंगकंगमा सम्पन्न महिला बिश्वकप छनौट एसिया छनौट प्रतियोगिताको प्रारम्भिक छनौटमा परेका १८ जना खेलाडीहरुलाई समाबेस गर्दै बन्द सत्र राखिएको थियो l

टि-२० फर्म्याटमा खेलाईने महिला एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तान संग खेल्ने छ l प्रतियोगितामा टेस्ट रास्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश रहेका छन् भने आयोजक थाईल्याण्ड सहभागी हुँदैछ l

प्रतियोगितामा नेपालको खेल तालिका हेर्न क्लिक गर्नुस 

 

यो पनि पढ्नुस :- 

 

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]