नेपाल टि-२० लिगबाट कान्तिपुर गोर्खाज बाहिरियो, लिग फेरी सर्ने

यही डिसेम्बर १२ तारिख ( मङ्सिर २६ गते ) देखि काठमाडौँमा आयोजना हुने नेपाल टि-ट्वान्टी लिगबाट काठमाडौँ गोर्खाज टिमले नाम फिर्ता लिएको छ।

कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको ‘काठमाडौँ गोर्खाज’ पछि हटेपछि क्यानले लिग एक हफ्ता सार्ने भएको छ। तथापी नेपाल क्रिकेट संघले अधिकारिक रुपमा लिगको मिति सरेको घोषणा भने गरेको छैन।

काठमाडौँ गोर्खाजमा मार्की खेलाडीको रुपमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहेका थिए। यस्तै टिमले ड्राफ्ट मार्फत श्रीलंकन खेलाडी थिसारा परेरा, धनन्जय डी सिल्भा, कामिन्दु मेन्डीस, भिरनदिप सिंहलाई आवद्ध गरेको थियो। राष्ट्रिय क्रिकेटरहरु कमल सिंह ऐरी, अविनाश बोहरा, लोकेश बम, बसिर एहमद लगायत टिममा थिए।

‘काठमाडौँ गोर्खाज’ टिम लिगबाट हट्नुको कारण भने थाहा भएको छैन। हालसम्म गोर्खाज र क्यान दुवैले यस बारे अधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

गोर्खाजले हात झिकेपछि क्यान भने नयाँ फ़्रेन्चाइजको खोजिमा लागिसकेको छ। नयाँ फ़्रेन्चाइजलाई आवद्ध गरेपछि काठमाडौँ गोर्खाज टिममा आवद्ध खेलाडीहरु सोहि टिमबाट खेल्नेछन्।

क्यानले दुई साता अघि मात्रै लिगको मिति सार्वजनिक गरेको थियो। केहि दिनमै लिग कसरि अघि बढ्ने बारे क्यानको अधिकारिक धारणा सार्वजनिक हुन सक्नेछ।

लिग आयोजना गर्ने सम्पूर्ण जिम्मेवारी भारतको सेभेन थ्री स्पोर्ट्सले लिएको छ। सेभेन थ्री स्पोर्ट्सले क्यानलाई वार्षिक चार करोड १२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने गरि आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी पाएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy