Nepal T20 : लुम्बिनीको उत्कृस्ट सुरुवात

लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले हरायो । स्कोरकार्ड 

लुम्बिनीले दिएको एक सय ५३ रनको विजय लक्ष्य पछ्याएको फार वेस्टले १६.२ ओभरमा सबै विकेटको क्षतमा ८५ रनमा समेटिएको थियो । फार वेस्टका लागि कप्तान हस्मतउल्लाह साहिदीले सर्वाधिक ३५ तथा विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले तीन, सागर ढकालले दुई तथा प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतमा एक सय ५२ रन बनाएको थियो । लुम्बिनीका लागि मिलान्थाले सर्वाधिक ६० रन बनाउनुभयो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ र गुलसन झाले २५ रन बनाए ।

बलिङमा फार वेस्टका उमर अलि र करन केसीले तीन/तीन विकेट लिए ।

आज सम्पन्न पहिलो खेलमा काठमाडौँ नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्यो

पुस २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछ ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]