Nepal T20 : लुम्बिनी बन्यो च्याम्पियन

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको एक सय ३४ रनको विजय लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय नौं रनमा समेटिएको थियो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाए ।

पृथु बाँस्कोटाले ३१ र हुसेन तलतले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा लुम्बिनीका हरमित सिंह र सागर ढकालले दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो।

लुम्बिनीका लागि मिलन्थाले ४१ रन बनाए । हरमित सिंहले ३०, कप्तान दीपेन्द्र सिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाए।

बलिङमा विराटनगरका राज नानन र नन्दन यादवले दुई दुई विकेट लिए । हुसेन तलत, कियोन जोशेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेलले एक एक विकेट लिए।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रुपियाँ प्राप्त गरेको छ । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।

हुसेन सर्वोत्कृष्ट खेलाडी

विराटनगरका हुसेन तलत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उहाँले पाँच लाख रुपियाँ पुरस्कार पाए । यसैगरी काठमाडौं नाइट्सका अभिनाश बोहरा उत्कृष्ट बलर, फार वेस्ट युनाइटेडका हश्मातुल्लाह शाहिदी उत्कृष्ट ब्याट्सम्यान घोषित भए।

विराटनगरका सूर्य तामाङ प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार र उदीयमान खेलाडीलाई एक लाख ८० हजार रुपियाँ प्रदान गरियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]