आईसीसी वरियतामा कुशलको फड्को, कुन नेपाली खेलाडी कति नम्बरमा

नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-२० सिरिजमा शानदार प्रदर्शन गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टि-२० अन्तर्राष्ट्रिय ब्याटिंग वरियतामा फड्को मारेका छन्।

त्रिकोणात्मक सिरिजमा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका याँ हाते ओपनिंग ब्याट्सम्यान कुशलले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २७८ रन बनाएका थिए। उनले फाइनलमा नेदरल्याण्ड बिरुद्ध नेपालको लागि सर्वाधिक ७७ रन बनाएका थिए जुन क्रममा ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै समुह चरणमा नेदरल्याण्ड बिरुद्ध पहिलो खेलमा ६२ रन, मलेसिया बिरुद्ध दोश्रो खेलमा अविजित ६१ रन, तेश्रो खेलमा नेदरल्याण्ड बिरुद्ध ६२ रन, चौथो खेलमा मलेसियासंग १६ रन बनाएका थिए।

यस अघि वरियतामा ९३ औं स्थानमा रहेका कुशल सिरिज पछि ३२ स्थानको फड्को मार्ने क्रममा ६१ औं स्थानमा उक्लेका छन्। कुशलको कुल रेटिंग अंक ४४२ पुगेको छ। यस क्रममा कुशलले वरियतामा शाकिब अल हसन ( ६२ ) , स्टिभ स्मिथ ( ६४ ) , सुर्यकुमार यादव ( ६६ ) , रिशभ पन्त ( ७१ ) लाई पनि पछि छोडेका छन्।

Kushal Bhurtel

कुशलको वरियता नेपाली खेलाडीको टि-२० अन्तर्राष्ट्रिय वरियताको इतिहासमा दोश्रो उत्कृस्ट हो। हालसम्म उत्कृस्ट टि-२० वरियता हाँसिल गर्ने नेपाली खेलाडी पारस खड्का हुन् जसले २०१९ सेप्टेम्बरमा सिंगापुर बिरुद्ध शतक प्रहार गरे पछि वरियताको ४२ औं नम्बरमा पुगेका थिए।

यस्तै ब्याटिंग वरियताको उत्कृस्ट १०० मा ज्ञानेन्द्र मल्लले पनि प्रवेश गरेका छन्। मल्ल ९४ औं स्थानमा रहेका छन्। मल्लले सिरिजमा ५ खेमा १०७ रन बनाएका थिए। सिरिजमा घाइते भएका कारण खेल्न नपाएका पारस खड्का भने वरियतामा खस्केका छन्। यस अघि ८२ औं स्थानमा रहेका खड्का ८८ औं स्थानमा पुगेका छन्। ब्याटिंग वरियताको शिर्ष १०० भित्र अन्य नेपाली खेलाडी छैनन्।

यस्तै सिरिजमा ५ खेलमा १३ लिंदै सर्वाधिक विकेटकर्ता रहेका लेग स्पिनर सन्दिप लामिछाने भने वरियतामा यथावत स्थानमा रहेका छन्। सन्दीप यस अघि रहेकै स्थान ७७ औं स्थानमा रहेका छन् जो संगै दक्षिण अफ्रिकी बलर लुंगी एनगीडी र युएईका बलर सुल्तान एहमद पनि रहेका छन्। अन्य नेपाली बलर शिर्ष १०० भित्र छैनन्।

कुन नेपाली खेलाडीको वरियता कति 

ब्याटिंग वरियता ( टि-२० अन्तर्राष्ट्रिय ) : कुशल भुर्तेल – ६१ औं , पारस खड्का – ८८ औं, ज्ञानेन्द्र मल्ल – ९४ औं, दिपेन्द्र ऐरी – १०८ औं, बिनोद भण्डारी – १७५ औं, आसिफ शेख – २०१ औं, शरद भेसावकर – २३० औं, कुशल मल्ल – २३३ औं, करन केसी २६९, आरिफ शेख – २३४ औं,

बलिंग वरियता ( टि-२० अन्तर्राष्ट्रिय ) : सन्दिप लामिछाने – ७७ औं, सोमपाल कामि – १०२ औं, अविनाश बोहरा – १०९ औं , करन केसी – ११४ औं , बसन्त रेग्म्मी – १५५ औं, ललित राजवंशी – १७६ औं, कमल सिंह ऐरी – ३५९ औं, शाहब आलम – ५२१ औं,

अलराउण्डर वरियता ( टि-२० अन्तर्राष्ट्रिय ) – पारस खड्का – ४२ औं, करन केसी – ७१ औं, सोमपाल कामि – ७४ औं

नेपाली राष्ट्रिय टिमको वरियता – टि-२० अन्तर्राष्ट्रिय – १४ औं, एकदिवसीय अन्तर्राष्ट्रिय – १७ औं

यो पनि पढ्नुस 

कुशल भुर्तेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी , बनाए ६ ठुला किर्तिमान

कुशल मल्लको नयाँ विश्वकीर्तिमान, अर्धशतक बनाउने विश्वकै कान्छो ब्याट्सम्यान

“नेपालले एसोसिएट क्रिकेटमा नयाँ स्तर निर्धारण गरेको छ।” नेदरल्याण्ड कप्तान सिलार

सेहवागलाई चित्त बुझेन पन्तको कप्तानी , यसकारण दिए १० मा ३ अंक





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]